पूर्वका नौ जिल्लामा दोस्रो दिन पनि ठप्प

आजदेखि प्रदर्शन; भोक हड्ताल पनि गर्ने चेतावनी- खगेन्द्र अधिकारी, ताप्लेजुङ, मङ्सिर २६- माग पूरा गर्न सरकारले उदासीन भको भन्दै आइतबारदेखि पूर्वका नौ जिल्लामा अनिश्चितकालीन आम हड्ताल थालेको संघीय लिम्वुवान राज्य परिषद् सन्जुहाङ पालुङवा पक्षले आजदेखि जिल्ला-जिल्लामा प्रदर्शन गर्ने भएको छ। आम हड्तालका कारण पूर्वका ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, तेह्रथुम, धनकुटा र संखुवासभाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण यी जिल्लाहरुमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार, पसल, शैक्षिक संस्था, कलकारखानासमेत ठप्प छन्।  राज्य पुनर्संरचना आयोगमा संघीय लिम्बुवान राज्य परिषद्को प्रतिनिधित्व हुनुपर्ने एक सूत्रीय माग गर्दै आन्दोलनमा उत्रेको परिषद्ले यसबारे सरकार गम्भीर नभए आम हड्ताल कायम राखेर भोक हड्तालमा उत्रने चेतावनी दिएको छ।  संघीय लिम्वुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवाले जिल्ला-जिल्लामा गरेको बिचार बिमर्शबाट सरकारबिरुद् मुद्दा हाल्ने योजना स्थगन गर्न सुझाव आए अनुसार सो बिषय विचाराधीन राख्दा पनि माग पूरा गर्न सरकारले चासो नदेखाएकोले आन्दोलनका कार्यक्रममा कुनै परिवर्तन नआएको बताए।  परिषद् र सरकारबीच २०६४ साल चैत ६ गते भएको ५ बुँदे सहमतिको बुँदा ३ मा राज्य पुनर्संरचना आयोग गठन गर्दा परिषद्को प्रतिनिधित्व अनिवार्य गर्ने उल्लेख छ। सोही बुँदा कार्यान्वयन नभएको भन्दै परिषद्ले सरकारबिरुद्ध गत २१ गते सर्बोच्चमा मुद्दा दायर गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।   साभार :- नागरिक 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login