कतारको अस्पतालमा जीवन र मृत्युको दोसॉधमा छन् गोरखाका सुवास गुरुङ

बुधबल गुरुङ/गणेश बानियॉ, दोहा - आफ्नो परिवारको उज्वल भविष्यको लागि बैदेशिक रोजगारीको शिलसिलामा करीब छ वर्ष पहिले कतार प्रवेश गरेका गोरखा केराबारी-१, नेपानेका २८ बर्षीय सुवास गुरुङ आफ्नो दुवै मृगौलाले काम गर्न छाडे पछि अहिले हमाद हस्पिटलमा उपचार गराईरहेका छन् ।  उहॉका अनुसार गत शुक्रबार एक्कासी पेट दुख्ने र ज्वरो आए पछि स्थानिय एक पोलिक्लनीकमा स्वास्थ्य जॉच गराउदा सो समस्या देखिपछि उनलाई हमाद हस्पीटलमा रिफर गरिएको थियो ।   त्यहॉ कार्यरत एक डाक्टरका परामर्श अनुसार उहॉको दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने बताए । अथवा हप्तामा तीन पटक डाईलासिस गर्नु पर्ने बताए । यो अति नै खर्च लाग्ने उपचार हो । यो भन्दा अर्को विकल्प नै छैन ।   “कतारमा नै उपचार गराउन अति नै खर्च लाग्ने डाक्टरहरुले मलाई बताए । 

 म नै बिरामी परे पछि कसको आम्दानीले यसको उपचार गर्नु ? मैले यति धेरै पैसा कहॉबाट ल्याउ‘ ?”– उनले ऑखाबाट ऑसु खसाल्दै भने – “अब मेरो परिवारको विजोग हुने भयो । देश विदेशमा रहेका नेपाली समुदायका साथीहरुले सहयोग गरिदिए त हुन्थ्यो । बॉकीं आफ्नो जीवन सामाजिक कार्यहरुमा नै लागि पर्थे । ” कतारमा भएका धेरै साथीहरुले सहयोग गर्ने वाचा गर्नु भएको छ । नेपाल तथा लण्डनमा भएका साथीहरुले पनि सहयोगको लागि तयार रहेको कुरा फोन गरेर बताएका छन् । उहॉका अनुसार आफ्नै कम्पनीका पब्लिक रिलेशन अफिसर ईजिप्सियन नागरिक र कम्पनीका मित्रहरुले पनि सहयोग गर्ने कुरा गरेका छन् ।     यस महंगो उपचारको लागि आर्थिक सहयोगको लागि उहॉले आफ्नो नाममा रहेको एभरेष्ट बैंक चावहिल शाखाको खाता नं. ०१८–०५२८९० ए र भोडेओडारमा श्रीमती हरीमाया गुरुङको नाममा रहेको पेसिफिक बैंकको खाता नं. ००२००२०१६२४ एनएसमा रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेका छन् ।   बुवा सुकमान गुरुङ र आमा दुरमाया गुरुङका पहिलो सन्तान सुवासका ७ बर्षीय एक छोरा र श्रीमती हरिमाया गुरुङ भने लमजुङ्गको भोडेओडारमा बस्दै आएका छन् ।   कतारको आपकोन रियल स्टेटमा कार्यरत गुरुङ आफ्नो नियमित विदामा नेपाल गई गत मे महिनामा कतार फर्केका थिए ।
Tags: ,

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login