विवाहको भोलीपल्टै बेहुला बेपत्ता

नवदीप अजनवी  नुवाकोट, मंसिर २१ विवाह भएको भोली पल्टै दुलाहा वेपत्ता हुन्छन् भने नवदुलहीको हालत कस्तो होला । कुनै पनि नवदुलहीले विहे गरेको भोली पल्टै आफ्ना दुलाहा वेपत्ता होलना भन्ने कल्पना समेत गरेका हुँदैनन । यस्तै कल्पना नगरेको आपत आइ परेको छ नुवाकोट तुप्चे भैरमकोटकी पवित्रा रिजाललाई ।  सोमवार त्रिशुली राम मन्दिरमा मागी विवाह गरेकी पवित्रा आफ्ना दुलाहा दुईपिपल गाविस वडा नं. २, दाहालथोकका २७ बर्षिय अर्जुन दाहाल वेपत्ता भएपछि विलखबन्दमा पर्नुभएको छ । काठमाडौंमा स्काइ केवलमा काम गर्ने अर्जुन तुप्चे भैरमकोटकी  पवित्रासँग सोमवार विवाह गर्नुभएको थियो । मंगलवार एकादशी परेका कारण वुधवार भोज गर्नका लागि तयारी भइरहेको थियो । 

त्यही बेला मोबाइलमा फोन आएपछि दुलाहा अर्जुन साथीले फोन ग¥यो उसलाई लिन जान्छु भन्दै हिंड्नु भयो । त्यसपछि २४ घण्टा वितिसक्दा समेत अर्जुन फर्कनु भएको छैन । विहेको भोजको निम्ता पाएका आफन्तहरु वुधवार भोज खान अर्जुनको घरमा पुगे पनि दुलाहा नभेटेपछि निराश हुँदै फर्किएका छन् । परिवारका अनुसार ‘साथीको फोन आयो लिन जान्छु’ भन्दै बाहिरीए पछि उहाँ वेपत्ता हुनु भएको हो । अर्जुनलाई कसको कति नम्बरबाट किन फोन आएको थियो भन्ने परिवारलाई थाहा भएको छैन । ‘भोजको तयारी भइरहेको थियो, एक्कासी वेहुला हराएपछि विखलबन्दमा प¥यौ,’ बेहुलाका छिमेकी नारायण दाहालले भन्नुभयो ‘रातभर खोज्यौ, तर कही पनि भेटिएनन् ।’   खोजीका लागि प्रहरी प्रशासनमा खवर गरेको भए पनि बुधबार साँझसम्म कुनै पत्तो लागेको छैन । घर बाहिर निस्किएको केही समयसम्म त परिवारले भोजमा आउने कुनै साथीलाई लिन गएको होला भन्ने लागेको तर उनी नफर्के पछि अपहरण पो भयो कि भन्ने शंका लागेको अर्का छिमेकी प्रल्हाद दाहालले बताउनुभयो । बेपत्ता बेहुलाले तीन वटा मोवाइल बोक्ने गरेको र कुन मोबाइलमा कति नम्बरबाट फोन आएको भन्ने समेत पत्तो लागेको छैन । उहाँले बोक्ने सबै मोवाइल रातीदेखी नै स्वीच अफ रहेको परिवारले जानकारी दिएको छ । परिवारको भनाइको आधारमा अर्जुनको कसैले अपहरण गरेको हुन सक्ने अनुमान नुवाकोट प्रहरीले गरेको छ ।
                                                                                                                                 उज्यालो
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login