Pages

Thursday, December 08, 2011

रक्सीले मातेर आफ्नै घरमा आगो

ललितपुर, मंसिर २२ – रक्सीले मातेपछि मान्छेले के सम्म गर्छ ? अरुलाई जथाभावी बोल्ला । सडकमा कसैको पर्बाह नगरि मातेर हिँड्ला वा जसलाई मन लाग्यो उसैलाई आक्रमण पनि गर्ला ।   तर ललितपुरका एक व्यक्तिले रक्सीले मातेपछि आफ्नै घरमा आगो लगाएका छन् । 

ललितपुरको लेले ३ का लक्ष्मण तामाङले रक्सीले मातेपछि बुधबार आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट ढुङगामाटोले बनेको कच्ची घरको छानो पुरै जलेको टिकाभैरव प्रहरीले जनाएको छ । 

घरभित्र रहेको एक मुरी मकै, लत्तकपडा र केही नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तामाङकी श्रीमति माइली तामाङ कराएपछि छिमेकीहरुले घरको आगो निभाएका थिए ।    निज तामाङलाई अनुसन्धानका लागि प्रहरीले पक्रेको छ । 
                                                                                                                        उज्यालो नाईन्टी नेटवर्क

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!