कति धनी छन् मन्त्री ?

काठमाडौं, कात्तिक २८-विभिन्न मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक गरेको छ। प्राप्त विवरणअनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको सुनसरीको भलुवा-८ मा दुई कट्ठा ७ धुरमा निर्मित दुईकोठे टिनको छाना भएको घर र चार कोठाको भूर्इंतले पक्की घर तथा श्रीमती निर्मला गच्छदारको नाउँमा मोरङको विराटनगर-१५ मा १७.२ धुरमा पाँच कोठाको पक्की घर निर्माणाधीन अवस्थामा रहेको छ।   मन्त्री गच्छदारको सुनसरीको भलुवा-८ मा २ कट्ठा ७ धुर जग्गा, भलुवा, सिमरिया, तनमुना गाविसमा सगोलमा ७ बिघा १४ कट्ठा ६ धुर पुर्ख्यौली जग्गा रहेको छ। त्यसैगरी श्रीमती निर्मलाको नाउँमा मोरङ विराटनगर- १५ मा १७.२ धुर जग्गा र विराटनगर-७ मा ७ धुर जग्गा तथा छोरा सुभाष गच्छदारले अमेरिकामा कमाएको रु २० लाखबाट ललितपुरको बुङ्मती-७ मा १३ आना जग्गा रहेको छ। यसैगरी उनको पुर्ख्यौली, दाइजो तथा स्वआर्जनबाट सुन ९१ तोला, चाँदी ३०० तोला सञ्चित रहेको छ।  यसैगरी ट्रक व्यवसाय एवम् बिक्री, कृषि, टोयटा गाडीको भाडा, तलबभत्ता आम्दानीबाट सिन्सियर सेभिङ कोअपरेटिभमा रु दुई लाख ७७ हजार र रावा बैंक भोटाहिटीमा रु आठ लाख १७ हजार रहेको छ। त्यस्तै श्रीमती निर्मलाको नाउँमा रावा बैंक विराटनगरमा रु ७१ हजार, नेपाल बङ्गलादेश बैंकमा रु एक लाख ९६ हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रु चार लाख ७९ हजार तथा सिन्सियर सेभिङ कोअपरेटिभमा रु एक लाख ५६ हजार रहेको छ।
श्रीमती निर्मलाको नाउँमा माछापुच्छ्रे बैंकमा १०० कित्ता र एनएसएलएमडीमा ७० कित्ता सेयर रहेको छ। छोरा सुमन गच्छदार र सुभाष गच्छदारको नाउँमा विराट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी दर्ता गरी परामर्शदातृको काम गरेको तथा सुभाष गच्छदारको नाउँमा विराट इनर्जी कम्पनी दर्ता गरेको छ।
हाल मन्त्री गच्छदारको नाउँमा बा६प ६०८० नम्बरको सवारीसाधन एक र बा२प ९६५६ नम्बरको सांसद सुविधाबाट खरिद गरेको सवारीसाधन एक रहेको तथा पुरानो टिभी, भिसिडी, भिडियो क्यामरा, अडियो, राइफल एक र बाह्रबोरको बन्दुक एक थान रहेको छ।
अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण
इर्खाराम पुनमगरको नाउँमा रोल्पा जंकोट-१ मा सगोलमा रहेको तीनवटा घर, तीर्थमाली पुनको नाउँमा सगोलको दाङ हरिद्वार गाविस-६ मा रु दुई लाख तीन हजारमा किनेको ६७४.२३ वर्गमिटर जग्गा र इर्खाराम पुनमगर तथा तीर्थमाली पुन (मातापिता) को नाउँमा रहेको सगोलको ७५ हजार ४२५ वर्गमिटर जग्गा रहेको छ।
सुन १५ तोला, चाँदी आधा केजी सगोलको पुर्ख्यौली र नगद बुबाआमासँग रु सात लाख जग्गा बिक्रीबाट प्राप्त रहेको छ।
मन्त्री पुनको एभरेष्ट बैंकमा रु ४० हजार र श्रीमती ओनसरी घर्तीको नाउँमा सोही बैंकमा रु ३५ हजार तलबबाट प्राप्त सञ्चित रकम रहेको छ।
उनलाई पार्टीले दिएको एक हलुका सवारीसाधन र आफ्नै पारिश्रमिकबाट रु दुई लाखमा खरिद गरेको मोटरसाइकल एक थान रहेको छ।
मन्त्री पुनको घरमा भैँसी दुई र गोरु चार रहेको छ। यसैगरी उनीसँग कम्प्युटर डेस्कटप एक, ल्यापटप एक, पार्टीबाट प्राप्त ल्यापटप एक र नोटबुक एक उपहारबाट प्राप्त रहेको छ।
मन्त्री राजेन्द्र महतोको सम्पत्ति विवरण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोको शैलकुमारी देवीको नाउँमा काठमाडौँ महानगरपालिका-९ मा पाँच आना र सर्लाही विष्णुपुर-६ मा एक कट्ठा १८ धुर जग्गामा घर रहेको छ।
मन्त्री महतोको सर्लाही ववरगन्ज गाविसमा चार बिघा १२ धुर र बेला गाविसमा १४ कट्ठा जग्गा रहेको छ। शैलकुमारी देवीको नाउँमा धनुषा, वेगासिपुर गाविसमा एक बिघा १३ कट्ठा १८ धुर र काठमाडौं मच्छेगाउँमा एक रोपनी ६ आना २ पैसा जग्गा र राघवेन्द्र महतोको नाउँमा काठमाडौँ बाडभञ्याङ गाविसमा दुई रोपनी नौ आना जग्गा रहेको छ।
मन्त्री महतोको ९५ तोला सुन, ३ किलो चाँदी र नगद एभरेष्ट बैंकमा रु चार लाख दुई हजार, नेपाल बैंक मलङ्गवामा रु दुई लाख ५८ हजार रहेको छ। त्यसैगरी शैलकुमारी देवीको नाउँमा कृषि विकास बैंक गौशालामा रु ७४ हजार रहेको छ।
सवारीसाधनमा बोलेरो जीप एक वटा, भैँसी पाँच र गाई तीन रहेको छ।
मन्त्री लेखराज भट्टको सम्पत्ति विवरण
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सम्पत्ति विवरणमा निर्मला भट्टको नाउँमा कैलाली जिल्ला गेटा गाविस-३ मा दुईवटा पक्की घर तथा दुई बिघा पैतृक जग्गा रहेको छ। त्यसैगरी उनीसँग पार्टीबाट प्राप्त महिन्द्रा स्करपियो बा००१अ२१ नम्बरको जीप रहेको छ।
मन्त्री हेमराज तातेडको सम्पत्ति विवरण
वातावरणमन्त्री हेमराज तातेडको धर्मचन्द तातेडको नाउँमा सप्तरीमा १२ कठ्ठा पैतृक जग्गा, सप्तरीको जगतपुर-२ र ६ मा दुई बिघा चार कट्ठा ५ धुर पैतृक र पत्नी जयश्री तातेडको नाउँमा सप्तरीमा एक बिघा १० कट्ठा रहेको छ।
मन्त्री तातेडको पैतृक तथा दाइजोबाट प्राप्त सुन १२ तोला, चाँदी २५० तोला रहेको तथा एभरेष्ट बैंकमा रु दुई हजार, एसविआई बैंकमा रु दुई हजार, सनराइज बैंक राजविराजमा रु ११ हजार तथा नेपाल बैंकमा रु ११ हजार नगद रहेको छ।
उनीसँग कृषि विकास बैंकको ८५ कित्ता सेयर रहेको छ।
सप्तरी जिल्ला कञ्चनपुर गाविसमा सगोलको तातेड राइस, आयल एण्ड फ्लोर मिल एक रहेको छ। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login