Pages

Friday, November 18, 2011

अत्याधुनिक हतियारसहित पक्राउ

वीरगन्ज, मंसिर २  - प्रहरीले बिहीवार विहान पर्साको सिसिर्याबाट अत्याधुनिक हतियार बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जयमंगल कुर्मीको घरमा छापामारी २ थान शर्ट मेसिन गन (एसएमजी ), त्यसमा प्रयोग हुने ४ वटा म्यागेजिन, एक थान लोडेड नलकटुवा पेस्तोल र ४ राउण्ड गोली बरामद गरेको छ ।  प्रहरी नायव उपरीक्षक द्धिवेश लोहनीका अनुसार मोटरसाइकल र गाडीमा प्रयोगका लागि खाली अवस्थामा राखिएको ५ वटा नेपाली नम्बर प्लेट समेत बरामद भएको छ । गाउँमा ५/७ जनाको समूहले आपराधिक योजना बनाइरहेको सूचना पाउन साथ प्रहरीले छापामारेको उनले बताए । 
उनले भने, 'उनीहरु गाउँमै भोज गर्दै योजना बनाउँदै थिए ।'  जिल्ला प्रहरी कार्यालयबाट दुईजना प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ठूलो परिमाणमा प्रहरी परिचालन भएको थियो । प्रहरीको गाडी देख्ने बित्तिकै आपराधिक समूह फरार भएको लोहनीले बताए ।  भोजका लागि मासु पकाउँदै गरेका शिवप्रसाद सहनीलाई प्रहरीले हिरासतमा लिएको छ । ' घरमा खनतलासी गर्दा अवैध तरिकाले हतियार राखिएको भेटियो,' लोहनीले भने । अन्य फरार रहेकाको पहिचान भइनसकेका प्रहरी प्रवक्ता रविन्द्र केसीले जनाए ।

 यसअघि प्रहरीले जयमंगलका छोरा धनन्जय कुर्मीलाई गत भदौ ९ मा लेन्ससहितको राइफलसहित पक्राउ गरेको थियो । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको सूचना पाएपछि प्रहरीले उनी बस्ने वीरगन्जको मुर्ली स्थित निवासमा छापामारेका थियो ।  त्यसबेला लेन्सजडित हतियार, मोटोरोलाको सञ्चार सेट दुई थान र गोली बरामद भएको थियो । हतियारको लाइसेन्स भएकाले उनी तत्काल रिहा भएपनि अवैध रुपले सञ्चार सेट राखेकाले प्रहरीले आवश्यक कारवाहीका लागि काठमाडौं स्थित नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको प्रवक्ता केसीले बताए । 'कुन आधारमा प्राधिकरणले निजलाई रिहा गर्‍यो ?' केसीले भने । छानबिन पछि धनन्जयलाई प्राधिकरणले रिहा गरेको थियो । source:-ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!