काठमाडौ, मंसिर १३ - नेपाल प्रेस युनियन सर्लाहीका पूर्व अध्यक्ष पत्रकार विनोद झाको मंगलबार विहान निधन भएको छ । श्वास प्रश्वास सम्वन्धी समस्या भए पछि उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल हातामा पुग्ना साथ उहाको मृत्यु भएको थियो । ४८ वर्षीय झालाई गत साउनमा मस्तिष्क पक्षघात भएपछि त्यसको उपचार गराउँदै आएका थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बेला उनको आकास्मात निधन भएको हो । नेपाल प्रेस युनियन सर्लाहीमा दुई कार्यकाल अध्यक्ष रहिसकेका झा पत्रकार महासंघमा सदस्य थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एंव मधेश समितिका संयोजक राजेश मिश्र, सर्लाही अध्यक्ष रोशन न्यौपाने,नेपाल प्रेस युनियनका सभापति अजित सिंह र पत्रकारिता विकास प्रतिष्ठानका कार्यवाहक अध्यक्ष शंकर श्रेष्ठले झाको निधन प्रति गहिरो दुख व्यक्त व्यक्त गरेका छन् । शिक्षक समेत रहेका झाको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको युनियन अध्यक्ष सिंहले बतए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!