सर्लाही प्रेस युनियनका पूर्व अध्यक्षको निधन

काठमाडौ, मंसिर १३ - नेपाल प्रेस युनियन सर्लाहीका पूर्व अध्यक्ष पत्रकार विनोद झाको मंगलबार विहान निधन भएको छ । श्वास प्रश्वास सम्वन्धी समस्या भए पछि उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल हातामा पुग्ना साथ उहाको मृत्यु भएको थियो । ४८ वर्षीय झालाई गत साउनमा मस्तिष्क पक्षघात भएपछि त्यसको उपचार गराउँदै आएका थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बेला उनको आकास्मात निधन भएको हो ।  नेपाल प्रेस युनियन सर्लाहीमा दुई कार्यकाल अध्यक्ष रहिसकेका झा पत्रकार महासंघमा सदस्य थिए । 
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एंव मधेश समितिका संयोजक राजेश मिश्र, सर्लाही अध्यक्ष रोशन न्यौपाने,नेपाल प्रेस युनियनका सभापति अजित सिंह र पत्रकारिता विकास प्रतिष्ठानका कार्यवाहक अध्यक्ष शंकर श्रेष्ठले झाको निधन प्रति गहिरो दुख व्यक्त व्यक्त गरेका छन् । शिक्षक समेत रहेका झाको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको युनियन अध्यक्ष सिंहले बतए ।
Tags: ,

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login