Pages

Monday, November 28, 2011

अमेरिकामा नेपाली विद्यार्थी ११ औं स्थानमा

अमेरिका, मंसिर १२ - अमेरिकामा पढिरहेका अरु देशका विद्यार्थीको संख्या विश्लेषण गर्दै हालै प्रकाशित एक प्रतिवेदनले नेपाल एघारौं स्थानमा रहेको देखाएको छ ।  शिक्षा मन्त्रालयको सहयोग इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाद्वारा प्रकाशित ओपन डुअर्स प्रतिवेदनले सन् २००९ र २०१० का तुलनामा ८ प्रतिशत विद्यार्थी घटेर पनि सन् २०१० र २०११ को शैक्षिक सत्रमा नेपाली विद्यार्थी संख्या १० हजार ३ सय ०१ छ । गत वर्षको प्रतिवेदनले नेपाली विद्यार्थीको ११ औं स्थानमै देखाएको थियो र संख्या ११ हजार २ सय ३३ बताएको थियो ।  अमेरिकामा चीनका विद्यार्थी सबभन्दा बढी छन् भने भारत दोस्रो छ ।

 सन् २००९ र ०१० मा चीन र भारतका विद्यार्थी क्रमश १ लाख ५७ हजार ५५८ र १ लाख ३ हजार ८९५ छन् । तेस्रो स्थानबाट दशौंतर्फ क्रमश: दक्षिण कोरियाका ७३ हजार ३५१, क्यानडाका २७ हजार ५४६, ताइवानका २४ हजार ८१८, साउदी अरबियाका २२ हजार ७०४,  जापानका २१ हजार २९०, भियतनाम १४ हजार ८८८, मेक्सिकोका १३ हजार ७१३, टर्किका १२ हजार १८४ छन् ।  ११ औं स्थानको नेपाललाई जर्मनी, बेलायत, ब्राजिल, थाइल्यान्ड, हङकङ, फ्रान्स, नाइजेरिया, इन्डोनेसिया, मलेसिया, कोलम्बिया,  इरान, भेनेजुयला, पाकिस्तान, केन्याले पछ्याएका छन् ।  ओपन डुअर्स २०११ नामक उक्त प्रतिवेदनका अनुसार सन् २०१०र०११ मा अमेरिकामा कुल ७ लाख २३ हजार २७७ विदेशी विद्यार्थी छन् । अमेरिकामा विदेशी विद्यार्थी लगातार बढेको यो पाँचौं वर्ष हो ।  प्रतिवेदनका अनुसार संख्याको हिसाबले विदेशी विद्यार्थी बढी पढिरहेको राज्य क्यालिफोर्निया हो । त्यसपछि न्युयोर्क, टेक्सस, म्यासाचुसेट्स र इलिनोय राज्यमा छन् ।

 सबभन्दा बढी विदेशी विद्यार्थी पढ्ने विश्वविद्यालय– लस एन्जलस, क्यालिफोर्नियाको युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया हो । धेरै विदेशी विद्यार्थीका यो विश्वविद्यालय पढिरहेको लगातार १० वर्ष भएको छ । यस विश्वविद्यालयमा ८ हजार ६ सय १५ विदेशी विद्यार्थी छन् ।  प्रतिवेदन भन्छ( विदेशी विद्यार्थी बढी ल्याउने विषयहरू व्यापार, व्यवस्थापन र इन्जिनियरिङ हुन् । कूल विदेशी विद्यार्थी ४५ प्रतिशत छात्रा छन् । दुई(तिहाई विदेशी विद्यार्थी व्यक्तिगत र पारिवारिक खर्चमा पढिरहेका छन् ।


source:-ekantipur


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!