Pages

Sunday, November 27, 2011

अपहरणको नाटक गरेर पैसाको मोलमोलाई

काठमाडौ,११ मंसिर   आफूलाई अपहरण गरेको आरोप लगाएर एक काठमाडौ काडाँघारी बस्ने २६ वर्षीय सृजना बस्नेतले काठमाडौ बानेश्वर बस्ने मनोज बस्नेतका परिवारसँग बाह्रलाख रुपैया मागेकी छिन् । सृजनाले ललितपुर प्रहरीमा निवेदन दिएर आफूलाई अपहरण गरी ललितपुरमा छाडिदिएको भन्दै उजुरी गरेकी थिईन ।   सो आरोपमा  मनोजलाई ललितपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्थामा ती यूवतीले भने मनोजका परिवारलाई १२ लाख रुपैया दिने भए मुद्दा फिर्ता लिन्छु होईन भने फसाई दिन्छु भन्दै बारम्बार फोन गर्ने गरेको परिवारले जानकारी दिएका छन् ।   

 उनका परिवारका अनुसार अहिले ती यूवतीले दिनहु जसो फोन गरेर पैसा माग्ने गरेकी छिन् ।  नेपाल ईन्टरनेशनल ईमिग्रेसन माईग्रेसन एण्ड भीसा कन्सल्टेन्ट बागबजारमा कार्यरत मनोजको कोरियन भाषा पढाउने भन्दै आएकी सृजना सँग चिनजान पछि मित्रता भएको थियो । यसअघि पनि मनोज विरुद्ध सृजनाले गौसाला र हनुमान ढोकामा उजुरी गरेकी थिईन । 

गौसालामा मेरो पैसा खायो भन्दै गरेको उजुरीमा मनोजले ५ लाख रुपैया दिएका थिए भने सोही विषयमा उनले त्यसपछि हनुमान ढोकामा उजुरी गरेकी थिईन ।   हनुमान ढोकाले उनलाई मनोजले पैसा लिएको आधार नभए भन्दै उजुरी खारेज गरिदिएको थियो । त्यसपछि सृजनाले अपहरण गरेको भन्दै ललितपुरमा उजुरी गरेकी हुन ।  मनोजका परिवारले मनोजमाथि अन्याय परेको भन्दै घटनाको स्वतन्त्र छानविन र दोषि पत्ता लगाई कारवाहीको माग गरेका छन् ।   

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!