पर्वत, असोज २३/आफन्त नाता पर्ने महिलालाई अवैध गर्भधारण गराएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्वतको पाङ-६ का २० वर्षीय तीर्थबहादुर बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बिकले सोही ठाउँकी ३० वर्षीया माया बिकलाई अवैध गर्भधारण गराएको बताइएको छ । मामाको छोरा (भाइ) नाता पर्ने तीर्थको गर्भधारण गरेकी मायाले तीन दिनपहिले ६ महिनाको मृत शिशुलाई जन्म दिएकी थिइन् । मायाको प्रहरी नियन्त्रणमा पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । श्रीमान् विदेशमा भएको बेला परपुरुषसँग सहवासबाट गर्भधारण गरेकी मायालाई पेट दुखेको बताएपछि उपचारका लागि लैजाने क्रममा मृत शिशु जन्माएको स्थानीयवासीले जानकारी दिएका छन् । पक्राउ परेका तीर्थले आफू र मायाका बीचमा सहवास भएको स्विकार्दै गर्भ रहेकोबारे मायाले जानकारी नदिएको बयान प्रारम्भिक सोधपुछका क्रममा प्रहरीलाई दिएका छन् । मायाका पति भने आठ वर्षसम्म रोजगारीका लागि विदेशमा रहेका थिए । उनी दुई महिनापहिले मात्र घर फर्केका हुन् । रासस
समाचार
»
अवैध गर्भधारण गराउने पक्राउ
अवैध गर्भधारण गराउने पक्राउ
Tags:
समाचार
