शहिदका नाममा चार बर्षदेखि अखण्ड धुनी र शान्ति दिप

 झापा साउन २० मध्य झापाको धार्मिक तथा पर्यटकिय स्थल दोमुखामा एक सन्तले शहिदहरुका नाममा चारबर्षदेखि अखण्ड ध्वनी र दिप प्रज्वलन गरिरहेका छन् । देशमा अशान्ति बढ्दै गएको र देश र जनताका नाममा कैयन मानिसहरुले ज्यान गुमाएपछि यी सन्तले यहाँको श्री श्री श्री बैष्णवी मन्दिरमा यो अभियान चलाएका हुन् । मन्दिरभित्र रहेको दिप नजिकै उनले सुचनामा लेखे अनुसार लोकतान्त्रिक आन्दोलन, माओबादी जनयुद्धमा मृत्यू भएका लडाकु, प्रहरी, सेना, सर्वसाधरण र हवाइ दुर्घटनामा ज्यान गुमाउनेहरुको आत्माले चीर शान्ति पाओस् भनेर यो दिप प्रज्वलन र अखण्ड धुनी गरिएको छ । ‘धार्मिक मान्यताबाट राजनीतिमा लागेर देश र जनताका निम्ति मरेका शहिदको आत्माको शान्तिको कामना गर्न यसो गरेको हुँ’ सन्त नन्दी बाबा अधिकारीले भने ।  उनले मन्दिर अखण्ड धुनी र दिप बालेका ठाउँमा हालसम्मका शहिद र बिभिन्न आन्दोलनमा देहवसान भएका राजनीतिक ब्यक्तिहरुका तस्बिर ल्याइदिन आग्रह गरेका छन् ।उनले दलका केही नेता र स्थानिय ब्यक्तिहरुलाई समेत यस्तो आग्रह गरेको बताए । पृथ्वी नारायण शाहका पालादेखि २००७,२०४६,२०६३ सालका शहिद, माओबादी युद्धमा लागेर मरेका छापामार, प्रहरी, सेना, सर्वसाधरण र मधेस आन्दोलनमा मारिएकाहरुका तस्बिर आफूले राख्न चाहेको अधिकारीले बताए ।     शहिदका नाममा धुनी र दिप बालेको खबर सुनेर केही समय पहिले इलामकी एक महिला यहाँ आएकी थिइन् । द्वन्द्वका क्रममा लमजुङ्गमा मारिएका आफ्ना प्रहरी श्रीमानका नाममा उनले पनि यहाँ आएर बाती बालेर गइन् ।पछिबाट उनले मन्दिरमा एउटा ब्यानर ल्याएर छोडेकी छन् ।त्यसमा लेखिएको छ ‘ब्यबस्था परिवर्तनका लागि भएका माओबादी यूद्ध, जनआन्दोलन र अन्य आन्दोलनमा ज्यान गुमाउनेका लागि यहाँ भएको अखण्ड धुनी र दिप प्रज्वलनले मृत आत्माले चिर शान्ति पाओस् भन्ने चाहन्छु ।’ ती महिलाले ब्यानरमा आफनो तस्बिर राखे पनि नाम भने उल्लेख गरेकी छैनन् । सम्पूर्ण शहिदहरुको तस्विर प्राप्त भएमा यसलाई धार्मिक तिर्थस्थलसँगै राजनैतिक तिर्थस्थलको रुपमा बिकास गर्ने आफ्नो योजना रहेको अधिकारीले बताए । दिप बाल्नका लागि महिनामा १८ लिटर तोरीको तेल आवश्यक पर्ने भएको तर तेल अभाव भएको उनले बताए । उद्योग बाणिज्य संघ सतासीधामका अध्यक्ष मोहन सुबेदीका अनुसार अधिकारी यस ठाउँमा आएपछि नेपाली सेना, प्रहरी र प्रशासनका अधिकारीहरुसँगको सम्पर्कले दोमुखा रहेको मन्दिरको पनि जीर्णोद्धार भएको छ ।कहिले नेपाली सेनाले कहिले, सशस्त्र प्रहरीले यहाँ आएर सरसफाइ र निर्माणका काम पनि गरिदिने गरेको सुबेदीले जानकारी दिए । अर्कोतिर यहाँ मन्दिर बनेपछि पर्यटकिय क्षेत्र घुम्न आउने बहानामा हुनेे गरेका अश्लील गतिविधि पनि नियन्त्रण हुँदै गरेको सुबेदीले जनाए । सन्त अधिकारीले समयमा संबिधान बनाउन नेताहरुलाई सद्धबुद्धि पलाओस् र सत्ता र भत्ताका पछि नकुद्न पनि नेताहरुलाई आग्रह गर्दै आफूले कामना गर्ने गरेको बताए । चेतन
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login