इटहरी साउन २०- इटहरीस्थित राजमार्गछेउछाउ तथा बसपार्कमा खुलेका होटल–रेष्टुरेण्ट एवम् क्याबिन रेष्टुरेण्टहरुमा छापा मार्ने क्रममा इप्रकाबाट खटिएका प्रहरीले नै युवतीहरुको अश्लील भिडियो खिचेको पाइएको छ । प्रहरीले खिचेको भिडियो बाहिर जाने डरले युवतीहरु त्रसित छन् । इटहरीको बसपार्क तथा पश्चिम लाइन क्षेत्रमा सञ्चालित क्याबिन रेष्टुरेण्टहरुमा १० जनालाई आपत्तिजनक अवस्थामा पक्राउ गर्ने क्रममा खिचिएको आपत्तिजनक भिडियो र नग्न तस्विर प्रहरीका मोबाइलमा पाइन थालेको छ । अधिवक्ता केदार भण्डारीले कसैको अश्लील भिडियो र तस्विर खिच्न नपाइने बताए । इटहरीको आमा समूहले आफ्ना बालबच्चा र श्रीमान्हरुलाई समेत बिगार्ने कार्य भइरहेको भन्दै केही समयदेखि अवैध यौन गतिविधिको निगरानी र नियन्त्रण अभियान चालिरहेको अवस्थामा इटहरी प्रहरीले बुधबार त्यस क्षेत्रका होटलमा छापा मारेको थियो । छापा मार्ने क्रममा केही प्रहरीले भिडियो र तस्विर खिचेको बताइएको छ । प्रयास महिला समूह, सुनसरीकी अध्यक्ष प्रीती सुब्बाले तस्विर तथा भिडियो खिचेर चरित्र हत्या गर्ने नपाइने जनाइन् । महिलाहरुको अस्तित्वमा नै धक्का पुग्ने भएकोले यस्तो कार्य गर्न नमिल्ने उनको धारणा छ । प्रहरीले बुधबार छ युवतीसहित चार पुरुषलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही चलाएको छ । युवतीमध्ये अधिकांशले आफूहरु आफ्नै खुशीले यो पेशामा संलग्न भएको बताएका छन् भने केहीले भने बाध्यताबश पेशामा आउनु परेको बताएका छन् । यो पेशामा अधिकांश महिला ग्रामीण क्षेत्रबाट आउने गरेको र तीमध्ये अधिकांशका श्रीमान् विदेशिएको तथ्य फेला परेको छ । इप्रकाका इन्स्पेक्टर महेन्द्र श्रेष्ठले भिडियो र तस्विर खिच्ने साधन आफूहरुसँग नभएको बताए । व्लाष्ट
समाचार
»
प्रहरीले क्याबिनका महिलाबाट अश्लील भिडियो खिच्यो
प्रहरीले क्याबिनका महिलाबाट अश्लील भिडियो खिच्यो
Tags:
समाचार
