अमर खड्का, इटहरी, साउन २०- सुनसरी इटहरीको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा आज बिहान एक समूहले बम बिस्फोट गरेको छ। बिहान ४ बजेतिर गरेको प्रेसर कुकर बम बिस्फोटबाट कार्यालयको भर्याङ् र झयाल-ढोकामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। बम शक्तिशाली भएकोले क्षति पुगेको प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठले बताए। बम विस्फोटको जातीय सम्वद्ध मोर्चाले जिम्मेवारी लिएको छ। मोर्चाले पछिल्लो तीन महिनायता पूर्वमा विभिन्न स्थानमा बम राखेर र बिस्फोट गरी आतंक फैलाउँदै आएको छ। मोर्चाले आज बिहान विद्युत प्राधिकरणमा बम बिस्फोट गरेको घटनासहित इटहरीमा मात्र चार पटक बम बिस्फोट गरिसकेको छ। इटहरी बाहेक पूर्वको धरान, सप्तरी, मोरङ्को बेलबारी लगायतमा स्थानमा समेत मोर्चाले बम राखेर आतंक सृजना गर्र्दै आएको छ।
source:-nagriknews