३० साउन, काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । महिलाहरु काठमाडौँको पशुपतिलनाथ लगायत मुलुकभर आफूलाई पायक पर्ने शिव मन्दिरहरुमा जलधारा गर्दै आराधना गरिरहेका छन् । त्यसका लागि पशुपतिसहित धरानको कुम्भेश्वर र खोटाङको हलेसी लगायतका शिव मन्दिरहरुमा महिलाहरुको घुईंचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखि व्रत बसेका हिन्दू नारीहरुले आज शिवालयमा गएर पूजाआजा गरी व्रत समाप्त गर्दछन् । यस्तै आजै बोलबमप्रति आस्था राख्नेहरुले खाली खुट्टा सुन्दरीजल पुगेर जल ल्याई पशुपतिमा चढाउने पनि प्रचलन रहिआएको छ । हरियो, पहेलो र रातो रङ्का बस्त्र, चुरा र मेहन्दी लगाएर व्रत तथा आराधना गरे शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने धार्मिक विश्वास अनुसार साउन महिनाको प्रत्येक सोमबार महिला तथा युवतीहरु व्रत बस्ने गर्दछन् । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेका थिए ।
source:-onlinekhabar