महिला यौनकर्मी सुरक्षित यौन सम्पर्कतिर

२० साउन, काठमाडौं । महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको छ ।  काठमाडौं र पोखरामा गरिएको सर्भेक्षणमा महिला यौनकर्मीले विगतका तुलनामा सुरक्षित यौन सम्पर्कमा ध्यान दिने गरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  सुरक्षित यौनसम्पर्कका लागि सन् २००४ मा काठमाडौँका ५७ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेकामा हाल ७३ प्रतिशत पुगेको छ । पोखरामा ३५ प्रतिशत रहेकामा हाल ६१ प्रतिशत पुगेको उल्लेख छ ।  युएसआइडीको सहयोगमा गरिएको सर्भेक्षणमा काठमाडौंका ५९३ र पोखराका ३५४ महिला यौनकर्मीलाई सहभागी गराइएको थियो । सर्वोक्षणमा हाल काठमाडौंमा दुई प्रतिशत र पोखरामा तीन प्रतिशत एडस्का रोगी फेला परेको छ ।  यसैगरी सिरिन्जबाट लागुपदार्थ प्रयोग गर्ने काठमाडौंका ३४० र पोखराका ३४५ पुरुषमा गरिएको सर्भेक्षणमा सिरिन्जको पुनःप्रयोग गर्ने क्रम घटेको बताइएको छ । सन् २००२ मा काठमाडौँमा सिरिन्जबाट लागुपदार्थको प्रयोग गर्ने दुव्र्यसनी ६८ प्रतिशत रहेकामा हाल छ दशमलव तीन प्रतिशत रहेको तथा पोखरामा सन् २००३ मा २२ प्रतिशत रहेकामा हाल चार दशमलव ३ प्रतिशत रहेका छ ।  केन्द्रले गरेको छलफलमा सहभागीहरुले भने सर्भेक्षण गहिराइमा नपुगेको, लक्ष्यित वर्गलाई अनुसन्धानले समेट्न नसकेको, पीडितका समस्या यथावत् रहेको र दुई जिल्लालाई मात्र आधार बनाएर गरिएको सर्भेक्षणले समग्र नेपालको सर्भेक्षण नहुने बताए । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login