चितवनमा प्रहरीको गोली लागी एक घाइते

२९ असार, चितवन । पुर्वी चितवनको खैरहनीमा प्रहरीले चलाएको गोली लागेर बुधबार बिहान एक सर्वसाधारण घाइते भइका छन् ।  गोली लागेर घाइते हुनेमा स्थानीयय विनोद चौधरी रहेको चितवन प्रहरीका प्रमुख उपरीक्षक रबिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । घाइते चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कले पुर्‍याइएको छ । गत २३ मा भएको सवारी दुर्घटनाको विषयलाई लिएर सडक अवरुद्ध गर्न जम्मा भएका स्थानीय बासिन्दा र सवारी चालकबीच विवाद भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले गरेको हवाई फायर गरेको थियो ।  दुर्घटनाका घाइते तथा मृतकका परिवारलाइ बिमा कम्पनीले राहात उपलव्ध गराउने सहमति भएपनि क्षतिपूर्ति नदिएको भन्दै स्थानीय सडकमा उत्रिएका हुन् । स्थानीय बासिन्दा र चालहरुबीचको विवादले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्न प्रहरी बाध्य भएको उपरीक्षक शर्माको भनाइ छ । घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्र्तगत लोथर-नारायणगढ सडकखण्ड अवरुद्ध पारेका छन् ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login