जग्गा भए प्लटिङ, गोरू पुगे भारत, हली गए खाडी कसले गर्ने खेती…..?

कुमार २९ असार,झापा महारानीझोडा ७ का मदन भण्डारी बसीखाने उमेरका भए । आँखा पनि धमिला भए, चस्मा नलगाइ नजिकका चिजबिज ठम्याउनै पनि मुश्किल पर्छ अचेल उनलाई। उमेरले साठी नाघ्यो, तर मध्य बर्खामा बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैंमाथि भनेझैं छ । बिहानै हलोको अनैं समाउन खेत नपुगे मुखमा यो बर्ष माड नलाग्ला जस्तो भयो । खेतबारीमा काम गर्ने कृषि मजदुर पाउन छाडेपछि महारानीझोडा मात्र नभएर जिल्लाका अन्यत्रका किसान पनि पिरोलिएका छन् । पोहोरसम्म त बिहार र बंगालबाट भरतियहरू काम गर्न यता आउँथें । तर, यो बर्ष भने उताका मजदुरले यता सीमाना काटेनन् । महारानीझोडा ७ बाट धेरै घरका युवा वैदेशिक रोजगारीमा खाडी गएका छन् । गाउँमा खेतीमा काम गर्नेको अभाव छ, घरका बाँकी रहेका बुढावुढीले मात्र खेती उठाउन मुस्किल परेको छ । कतिपय घरका युवायुवतीसमेत पढाइको सिलसिलामा बाहिर बस्नाले खेतबारीमा काम गर्ने कामदार नै छैनन् भन्छन् किसान दुर्गामणी पोख्रेल । “जग्गा प्लटिङ भयो, गोरू चोरी भएर भारत पुगे, कामदार खाडी गए कसले गर्ने गाउँमा खेती…?”, पोख्रेलले ब्यङ्ग्य गरेका मात्र होइनन्, झापाका धेरै सीमावर्ती गाउँबाट बर्षाकै समयमा गोरू चोरी हुनेगर्छ ।    बिहार सरकारले कृषि मजदुरलाई सुविधा बढाएपछि उताका कामदार नेपाल भित्रिन छाडेका हुन् । तर, यहाँका किसानले भनेका बेला मलखाद समेत पाउँदैनन् । सुविधाका नाममा केही छैनन् । गाउँमा अहिले केटाकेटी र बुढापाकाको भरमा खेती उठाउनु पर्ने बाध्यता छ । चैते धान काट्न, दाउनी गर्न र थन्क्याउने चटारो सँगसँगै धान रोप्न, वीउ काढ्न, हिलो बनाउन र रोपाहार कसरी लगाउने यहि पिरले पिरोलिएका छन् झापाली किसान । कृषिमा भर परेकाहरूको विकास गर्ने हो भने अब पुरातन सोच हटाउन जरूरी छ । नयाँ सोचका साथ कृषिलाइ प्रबर्द्धन गर्न ढिला भइसक्यो । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login