तीन थान हतियार सहित एक व्यक्ति पक्राउ

अमन कोइराला सर्लाही, श्रावण ११ - सर्लाहीको मिलनचोकबाट हरिऔन इलाका प्रहरी कार्यालयको गस्तीले बुधबार बिहान तीन थान हतियार र सात राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ ।  दुईथान नलकटुवा बन्दुक, एकथान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने सात राउण्ड गोली सहित सुदामा गाबिस-६ का मोहन सिंह पक्राउ परेको प्रहरी निरीक्षक कृष्णप्रसाद शर्माले बताए ।  एकैजनाबाट धेरै हतियार बरामद हुनुले बिभिन्न अपराधमा सिंहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।   
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login