गजल (साहित्य)


          Bishworaj Neupane
                   hetauda
         lykaudinya@gmail.com
त्यता के कुन्नी तर, यता मन भारी भा'छ 
एउटै श्वासमा चल्ने मुटु, आज वारी पारी भा'छ।


तिमी फुल गुलाब झैं,  बास्ना भै छाउछु भन्थ्यौ 

तर आज त्यो फुलबारी, सिउडी फुल्ने टारी भा'छ।

कुनै दिन यस्ता थिय, रात बित्थ्यो संबादले
तर अचेल तिम्रा बचन, मुटु चिर्ने आरी भा'छ। 

बन्दकी को मेरो जीवन, चाहे होला लिलामी नै। 
सुनेको छु तिम्रो बरु, छिन्-छिन्मै नामसारी भा'छ। 

घमन्डले बाटो फेर्यौ, नाप्न खोज्यौ सम्पत्तीले
धन्य आज 'बिश्व' पनि, तिम्रै हाराहारी भा'छ।
सम्झिएर पुराना दिन, आज मन भारी भा'छ।।२।।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login