ब्ल्याकमेलिङ गरेको अभियोगमा सगरमाथा टेलिभिजनका पत्रकार पक्राउ

१३ साउन, राजस्व गस्तीटोलीमा खटिएका जनपद र सशस्त्र प्रहरी टोलीका प्रहरीले सामान जाँचका क्रममा घुस लिँदै गरेको भिडियो रेकर्ड खिचेर प्रहरीबाट रु ५० हजार माग गरेको अभियोगमा झापाका एक टेलिभिजन पत्रकार पक्राउमा परेका छन्। सगरमाथा टेलिभिजनका झापा प्रतिनिधि पुजन घिमिरेलाई बिहीबार अपराह्न विर्तामोडबाट प्रहरीले पक्राउ गरेको हो। उक्त भिडियो खिचेर सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक विकास अर्यालसित लेनदेनका लागि वार्गेनिङ गरिरहेकाले घिमिरे कारवाहीमा परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।     नेपाल पत्रकार महासङ्घ, झापाका अध्यक्ष गणेश पोखरेलले प्रहरीसित पैसा मागिरहेको अवस्थामा पत्रकार घिमिरेको भिडियो खिचेको प्रहरीले आफूलाई जानकारी गराएको बताए। सर्वसाधारणसित पैसा माग गरेर प्रहरीले अपराध गरेको छ भने भिडियो खिचेर समाचार सम्प्रेशन नगरी पैसा मागेर पत्रकार घिमिरेले ठूलो अपराध गरेको देखिएको अध्यक्ष पोखरेलले बताए। काठमाडौँका केही ठूला सञ्चारगृहले पत्रकारिताको मर्म नबुझेका व्यक्तिलाई आफ्ना प्रतिनिधि बनाउने र ‘तलब नदिइ खोजेर खानु’ भनेर पठाउने गरेका कारण यस्ता प्रवृत्ति देखिएको पोखरेलको भनाई छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाको इँटाभट्टामा भारतबाट साइकल र मोटरसाइकलमा सामान ल्याउने सर्वसाधारणसित प्रहरीले पैसा लिइरहेको भिडियो घिमिरेले खिचेका थिए।




source:-पूर्वेली टाईम्स
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login