राज्यले हकअधिकार नदिए संघर्ष गर्छौं – मुस्लिम समुदाय

रञ्जित  धमला काठमाडौं, २० असार । मुस्लिम समुदायको हक तथा अधिकारका सन्र्दभमा राज्य उदासिन एवं गैरजिम्मेवारी भएको आरोप मुस्लिम समुदाय लगाएको छ ।  जमीअत उलमाए नेपाल नामक मुस्लीम संस्थाले हिजो राजधानीमा पत्रकार सम्मेलन गरि सो आरोप लगाएको हो । उनीहरुले २० लाख मुस्लिम रहेको राज्यमा सरकारले मुस्लिम समुदायको हक तथा अधिकारका सन्र्दभमा राज्य अदासिन एवं गैरजिम्मेवारी भएको जानकारी दिएका छन । पत्रकार सम्मेलनमा बोल्दै  संस्थाका अध्यक्ष मौलाना अब्दुल अजिजले नयाँ संविधानमा आफ्नो हकअधिकार  सुनिश्चतका लागि राज्य पुनः संरचनाका निर्णयले कुनै पनि सम्बोधन गरेको छैन, यसमा हामी दुःख प्रकट गर्दछौं । अध्यक्ष अजीजले मुस्लिम जातीय एवं पारिवारीक संस्कृतिक मुल्य मान्यता, मुस्लिम आयोग गठन प्रति सरकारले वेवास्ता गरेकोमा समेत गम्भिर असन्तुष्ट जनाएको छ । उनीहरुले सरकारले मुस्लिमसमुदायको मागप्रति सम्बोधन नगरे  आफुहरु जस्तोमुकै संघर्ष गर्न पनि तयार भएको र यसमा राज्य जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा स्पष्ट पारेका छन ।  

ranjitd100@gmail.com
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login