याहु म्यासेन्जरले जुरायो

काठमाडौ, अषाढ १- झापा ज्यामिरगढी-९ सुकरसिंह बस्तीका २४ वर्षीय अशोक पौड्याल र कैलाली मसुरिया-७ शंकरपुरकी २२ वर्षीया आरती सापकोटा प्रणयसूत्रमा बाँधिएका छन् । रुद्रप्रसाद र खडिमाया पौड्यालका कान्छा छोरा अशोक र खेमराज र कुश्मा सापकोटाकी कान्छी छोरी आरतीको पहिलो भेट गएको मंसिरमा याहु म्यासेन्जरले गराएको थियो ।  अनलाइनमा भेटिहाल्छ कि भन्दै आशोक च्याटरुममा साथी खोजिरहेका थिए, आरती भेटिइन् । 'च्याटमा भेटिएकोसँग विवाह होला भन्ने लागेकै थिएन,' अशोकले भने । च्याटरुमा भेटिएपछि उनीहरूले लगत्तै लिस्टमा एकअर्कालाई गाभे । पूर्वका अशोक र सुदूरपश्चिमकी आरती दिनमा एकपटक च्याटबिना बस्नै नसक्ने भए । अनलाइनबाटै फोटो साटासाट गरे । त्यसबेलासम्म उनीहरू साथी मात्रै थिए ।  झापाको मेची क्याम्पसमा बीए दोस्रो वर्षको परीक्षा दिइबसेका अशोकले पढाइलाई काठमाडांै सारे, आरआर क्याम्पसमा भर्ना भए । संयोगले कैलाली बहुमुखी क्याम्पस धनगढीमा शिक्षा संकाय पहिलो वर्षको परीक्षा दिइबसेकी आरती फागुन अन्तिममा घुम्न काठमाडौं गइन् । 'उनलाई देख्दा तिनछक्कै परेँ,' अशोकले पहिलो भेट सम्झे, 'कम्प्युटरमा देखेको भन्दा राम्री ।' आरती पनि अशोकलाई देखेर मख्ख परिछन् । पहिलो प्रत्यक्ष भेटलाई डेटिङ मान्दै घन्टांै गफिए  । अशोकले प्रेमप्रस्ताव राख्न चाहे । 'धेरै प्रयास गरे पनि गरें पनि सकिनँ,' उनले भने । आरती कैलाली फर्किएपछि भने उनले फोनमार्फत प्रस्ताव राखे । अशोकको प्रस्तावले आरतीको बोली फुटेन । 'केही बोल्नै सकिनँ,' उनले सम्भिmन्, 'केही नबोली फोन काटिदिएँ ।' १० दिनपछिको एक दिउँसो उनले अशोकलाई फोनबाटै 'आई लभ यू टु' भन्न लगाइछन् साथीमार्फत । 'बुझेर मात्रै प्रस्ताव स्वीकार गरें' उनले भनिन् । उनले साथी सिर्जना ढुंगेलको सहयोग लिएकी रहेछन् अशोकबारे बुझ्न ।  उनको पारिवारिकलगायत अरू अवस्थाबारे बुझेपछि आरतीले अशोकलाई धनगढी बोलाइन् विवाहका लागि । चार साथीसहित असार १० गते धनगढी पुगेका अशोकलाई आरतीका परिवारले टीका लगाई छोरी दिए । कैलाली बजारमा खरिद गरेको रातो साडी र चोलो, चुरा, पोते, मंगलसूत्र र कानमा झुम्कामा आरती सजिएकी थिइन् । उनका साथीहरूले हात मेहेन्दी लगाइदिएका थिए । विवाहमा दुई लाख खर्च भएको आरतीको अनुमान छ । टाढा कारण अशोकका कोही आफन्त मात्रै धनगढी पुगे । अशोकले बिहेमा करिब २ लाख खर्च भएको बताए । धनगढी-झापा दौडाहामा थकित जोडी केही समयको आरामपछि हनिमुनका लागि दार्जिलिड जाने सोचमा छ ।   


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login