जाग्राम बस्दै ओडारका वादी

कमल थापा, रुकुम, असार ३०- वर्षा लाग्नेबित्तिकै सानीभेरी नदी किनारस्थित ओडारमा बस्दैआएका चार वादी परिवारका दुःखका दिन सुरु हुन्छन्। एकातिर, ओडारमा पानी चुहिन्छ। अर्कातिर, कुनबेला बाढीले बगाउने हो ठेगान छैन। त्यसैले उनीहरू रातभर निदाउँदैनन्।     सदरमुकाम खलंगादेखि २ घन्टा पैदल दूरीको ओडारमा ४ परिवारका २ नवजात शिशुसहित ७ बालबालिका, २ वृद्ध दम्पती र अन्य ८ गरी १७ वादी बसेका छन्। उनीहरू हिउँदमा बगरमा बस्ने गर्छन् भने, बर्षाको बेला ओडारमा। घरबार नभएका उनीहरू १२ वर्षयता ओडारमै बस्दैआएका छन्।  ‘बर्षात्ले कहिल्यै मजाले सुत्न पाइएन,' रामलाल वादीले भने, ‘हावाले पनि ओडारमै पानी हुत्याइदिन्छ, बालबच्चा जोगाउनै गाह्रो भो।' चिसोले बालबच्चा र बुढाबुढी सँधै बिरामी हुनेगरेको पीडा उनले सुनाए। एउटा निको हुनेबित्तिकै अर्को सिकिस्त भइहाल्ने गरेको भन्दै रामलालले भने, ‘औषधी र झारफुक गर्दागर्दा हैरान छु, रोग पनि गरिबलाई मात्र लाग्छ कि क्या हो!' हप्तैपिच्छे परिवारमा कोही न कोही बिरामी भइरहने उनले जनाए।  रामलालको परिवार बसेको ओडारदेखि पल्लो ओडारमा बस्ने नरबहादुर वादीको हालत पनि उस्तै छ। आमा बेलमती दमको बिरामी, छोराछोरी निमोनियाको। उनको रात हावा र पानी आउँदा ओडारमाथिबाट आउने भल छेक्नमै रात बित्छ।  ‘रेडक्रसले त्रिपाल दिएको थियो, त्यो पनि चुहिन थाल्यो,' नरबहादुरले दुःखेसो पोखे, ‘यही च्यातिएको पालमुनि रात काट्दैछौं।'  पानी परेको दिन हावासँगै आएको पानी छेक्न परिवार नै लाग्नुपर्दा उनीहरूको चुल्होमा खाना पाक्दैन। वयस्कहरू ओडार र नदी किनारको बालुवामा बस्ने बानी परे पनि सुत्केरी, बालबच्चा र वृद्धवृद्धालाई भने समस्या हुने गरेको छ।  गर्भवती, सुत्केरी अवस्थामा पोषिलो खानेकुरा र न्यानो ठाउँ नहुँदा नवजात शिशु खेर जानेगरेको विमला वादीले भनिन्। ‘जति बिरामी भए पनि के गर्नु र,' विमलाले भनिन्, ‘हामीसँग खान बस्न नै समस्या छ, चाहेर पनि समाजका अरूजस्तै बस्न सक्दैनौं।'  ओडारमा बिचल्ली पर्दा पनि कसैले सहयोग र उद्दार नगरेको वादी समुदायको गुनासो छ। सरकारले लक्षित वर्गलाई दिने आर्थिक सहयोग पनि अहिलेसम्म उनीहरूको हातमा परेको छैन। ‘दलित समुदायलाई राहत बाँडेको सुन्छौं,' रामलालले भने, ‘हामी चाहिं दलित भएनौं कि क्या हो, केही पनि पाएनौं।'


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login