‘मैले रोजेको दुलाहा ‘गे’ पो परेछ’

राखी सावंत जे गर्छिन, त्यसमा ड्रामा नहुने त कुरै हुन्न । राखी चाडै नै ‘गजब देश की अजब कहानिया’ नामक कार्यक्रम लिएर टेलिभिजनमा आउदैछिन भन्ने हल्लाले बलिउड गुञ्जयमान छ । आफ्नो फ्यान तथा दर्शकको प्रेमले आफूलाई टेलिभिजनमा पुनर्गमन गर्न बाध्य भएको बताउछिन् उनी ।  मौका मिले एक पटक फेरि स्वयंवर गर्ने रहर भएको राखीले खुलासा गरिन् । केहि समयअघि भएको उनको स्वयंवरमा विहेका लागि आउने दुलाहा उम्मेदवारहरुको धुइरो थियो । भारतीय टेलिभिजनबाट लाइभ प्रसारित उक्त कार्यक्रममा राखीले अन्ततः आफ्नो जीवन साथी पनि चुनेकी थिइन् । तर पछि नाटकियरुपमा आफ्नो निर्णय बदल्दै उनले बिहे गर्न इन्कार गरिन् । इन्गेजमेन्ट भए पछि पनि बिहे तोड्नु भयो नि भन्ने प्रश्न गर्दा राखीले भनिन्- ‘स्वयंवरमा भाग लिने सबै पुरुषहरु नायक बन्न चाहन्थे । मैले बिहे गर्न रोजेको दुलाहा त ‘गे’ पो रहेछन् ।’    बिहेकै प्रसङ्गमा राखीले आफूलाई शिल्पा शेट्टीसँग तुलना गर्दै राहुल गान्धीजस्तो ब्यक्तित्वसँग विवाह गर्ने रहर भएको बताइन् । शिल्पालाई हट र हृयान्सम केटा मिल्छ भने आफूलाई नमिल्ने भन्ने कुनै कारण नभएको उनले थपिन् । शिल्पा झै सुन्दरी बन्न १५ के.जी. तौल समेत घटाएको राखीले बताइन् । केहि दिन अघि एक टेलिभिजन कार्यक्रममार्फत राखीले राहुल गान्धीसँग बिहे गर्ने इच्छा भएको लाइभ घोषणा गरेकी थिइन् । भारतको भावी प्रधानमन्त्रीरुपमा समेत हेरिएको राहुल गान्धीले भने यसमा कस्तो प्रतिक्रिया दिन्छन्, आगामी दिनले नै देखाउला ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login