काठमाडौ, श्रावण २ - सहरमा बढ्दो विलासी जीवनशैली र उपयुक्त शारीरिक व्यायामको अभावले उच्च रक्तचापका बिरामी बढेको चिकित्सकले बताएका छन् । सबै बिरामीले आफूलाई समस्या निम्त्याएको थाहा नपाउने गरेको उनीहरूको भनाइ छ । हेर्दा सामान्य लाग्ने यो गम्भीर स्वास्थ्य समस्याबारे जानकारी दिन शनिबार राजधानीमा चेतनामूलक प्रवचन आयोजना गरिएको थियो । जसमा सहभागी विशेषज्ञहरूले बच्ने उपाय सुझाएका थिए । जयन्ती मेमोरियल ट्रस्ट, हार्ट क्लब नेपाल र नर्भिक इन्टरनेसनल हस्पिटलको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा जयन्ती मेमोरियल ट्रस्टकी सचिव सिर्जना राणाले मुटु रोगीको उपचार, विदेशी मुटु रोग विशेषज्ञसँग नेपाली चिकित्सकलगायतको अन्तरक्रिया, निःशुल्क मुटु शिविर सञ्चालन र जनचेतना अभिवृद्घ िगर्न ट्रस्टले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन् । भारतका मुटुरोग विशेषज्ञ तथा मेदान्त हार्ट इन्स्िटच्युटका अध्यक्ष डा. रविरतन कासलिवालले यो रोग खतरनाक भएको बताए । आमव्यक्तिको माथिल्लो रक्तचाप लगातार १ सय ४० भन्दा माथि अथवा तल्लो रक्तचाप लगातार ९० भन्दा बढी भएमा त्यो व्यक्ति उच्च रक्तचापको बिरामी मानिने डा. कासलिवालले जनाए । उच्च रक्तचापले बिरामीले थाहै नपाई मुटुका कोषिका, मांसपेशीहरूमा क्षति पुग्ने, फोक्सो, रक्त कोषिका, नलीहरू, मस्तिष्कका धमनीहरू र मृगौलाका रक्तनलीहरूमा अपूरणीय क्षति पुर्याउन सक्ने उनले बताए । डा. कासलिवालले ४५ वर्ष उमेर समूहका विशेषतः महिलाभन्दा पुरुषमा उच्च रक्तचाप पाइने जानकारी दिए । 'परिवारमा नजिकका अर्थात् बाबु/आमा, काका, बाजे/बज्यैमध्ये कसैमा उच्च रक्तचापको समस्या भए तिनका सन्तानमा पनि त्यो समस्या हुन सक्छ', उनले भने, 'यस्तै मधुमेहका रोगीहरूमा पनि उच्च रक्तचापको समस्या आउन सक्छ । मधुमेह भएका करिब ६० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या पाइएको छ ।' बिरामीको रक्तचाप १८०/११० वा त्योभन्दा बढी पुग्दा विभिन्न प्रकारका जटिलताहरू देखापर्न थाल्ने जनाउँदै त्यसबेला बिरामीलाई केही आराम गर्न दिएर पुनः उसको रक्तचाप मापन गनर्ुपर्ने बताए । दोस्रो मापनमा पनि रक्तचाप बढी नै पाइएमा बिरामी जोखिममा भएको मानी तत्कालै हृदयरोग विशेषज्ञसँग परामर्श लिनुपर्ने उनको सल्लाह थियो । उनले भने, 'उच्च रक्तचापका लक्षणहरूमा बढी टाउको दुख्ने, चिन्तित हुने, बढी चिडचिडापन देखिने, नाकबाट रक्तश्राव हुने र सास फेर्न गाह्रो वा छिटोछिटो श्वास-प्रश्वास हुने जस्ता लक्षण देखिन्छन् ।' कार्यक्रममा डा. भारत रावतले विलासी जीवनशैली र उपयुक्त शारीरिक व्यायामको अभाव मुटुरोगको कारक भएको बताए । नियमित शारीरिक व्यायामले उच्च रक्तचाप घटाउन मद्दत पुग्नेसमेत उल्लेख गरे । हरेक वयस्कले सातामा न्यूनतम साढे दुई घन्टा शारीरिक व्यायाम गनर्ुपर्ने सल्लाह डा. रावतले दिए । साथै घर-आँगनको बगैंचामा काम गर्ने, घरायसी काम गर्ने, मांसपेशीहरू तन्काउने विविध काम गर्ने गर्दासमेत फाइदा पुग्ने उनले बताए । मुटुरोग विशेषज्ञहरूले उपयुक्त खानपान र आहार व्यवहार रोग नियन्त्रणका लागि महत्त्वपूर्ण आयाम हुने बताए । बढी फलफूल, तरकारीहरू, रेसेदार खाना, चिल्लो कम भएको दुग्ध पदार्थ, माछा र ड्राइ प|mुट्सको उपभोग बढाउने र रातो मासु, बढी चिल्लो र बोसो तथा गुलिया मिठाइ र नुनको प्रयोग घटाउने सल्लाहसमेत विशेषज्ञहरूको थियो ।
source:-ekantipur









0 commentaires