आज बजेट आउने/बजेट झन्डै चार खर्बको

काठमाडौ, अषाढ ३० - साढे ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सरकारले करिब ३ खर्ब ८५ अर्ब खर्च गर्ने योजनासहित अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार आर्थिक वर्ष २०६८/६९ को बजेट संसद्मा पेस गर्दै छन् ।  सत्ता साझेदारदेखि विपक्षी दललाई समेत रिझाउन उनले योजना आयोगले दिएको सीमाभन्दा करिब ४ अर्ब रुपैयाँ बढी खर्च गर्ने बजेट बनाएका छन् । यो रकम गत वर्षको भन्दा ४८ अर्ब रुपैयाँ बढी हो ।  बजेटमा विकास निर्माणका लागि विनियोजन हुने पुँजीगत खर्चका लागि १ खर्ब ४८ अर्ब रुपैयाँ छुट्याइएको छ । मधेसवादी दलले माग गरिरहेको र सरकारको समेत प्राथमिकतामा परेको हुलाकी राजमार्गका लागि करिब ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सबै दललाई रिझाउन चालू कार्यक्रममै बढी केन्दि्रत बजेटले प्राथमिकताप्राप्त मध्य पहाडी लोकमार्गका लागि करिब डेढ अर्ब रुपैयाँ विनियोजन गरेको बजेट निर्माणमा संलग्न एक अधिकारीले बताए । अर्को महत्त्वाकांक्षी आयोजना फास्टट्रयाकको सीमा डेढ अर्ब रुपैयाँ भए पनि ७० करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।  बजेटले शिक्षामा ६४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसैगरी भौतिक योजनामा ४० र स्वास्थ्य क्षेत्रका लागि २५ अर्ब रुपैयाँ छुट्याइएको छ । ऊर्जामा गत वर्षको भन्दा दोब्बर बढाएर झन्डै २५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मध्य पहाडी प्रसारण लाइन, भेरी-बबई डाइभर्सन, सहरी सडकमा लोडसेडिङ नगर्ने योजना यसपटकका नयाँ कार्यक्रम हुन् ।  सरकारले साधारण खर्चतर्फ २ खर्ब १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । कर्मचारीको तलब वृद्धि हुने भएकाले यसपटक साधारण खर्च केही बढेको अर्थ स्रोतले बतायो । यसपटक सरकारी कर्मचारीको तलब भत्तासहित २० प्रतिशतसम्म बढ्ने भएको छ । सीधै प्रतिशतमा नबढाएर तल्लो तहका कर्मचारीलाई बढी र माथिल्लो तहमा कम बढ्ने गरी वृद्धि संयन्त्र बनाइएको अर्थ स्रोतले बतायो । यसरी वृद्धि भएको तलबका लागि मात्रै सरकारलाई करिब १५ अर्ब रुपैयाँ व्ययभार थपिएको छ ।  यसपटकको राजस्व लक्ष्य भने २ खर्ब ४६ अर्ब रुपैयाँ तोकिएको छ । चालू आर्थिक वर्षमै लक्ष्यभन्दा झन्डै १० अर्ब कम राजस्व असुली हुने देखिएको बेला यो लक्ष्य भने महत्त्वाकांक्षी रहेको विज्ञहरूले बतााएका छन् । चालू आर्थिक वर्षका लागि २ खर्ब १६ अर्ब रुपैयाँको लक्ष्य तोकिए पनि करिब २ खर्ब ५ अर्ब रुपैयाँ मात्रै उठ्ने देखिएको छ ।   


source:ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login