Pages

Saturday, July 16, 2011

विद्यालयमा आगलागी

कालिकोट, असार ३२ - सदरमुकामबाट १२ कोष उत्तरपूर्वमा पर्ने फुकोट गाविसको एक विद्यालयमा गएराति आगलागी हुँदा लाखौँको सम्पत्ति नष्ट भएको छ। मङ्गलादेवी प्राथमिक विद्यालय फुकेट-९ स्थित उक्त विद्यालयमा आगलागी भएको स्थानीयवासीले बताएका छन्।      विद्यालयको दायाँपट्टिको पर्खाल भत्किएको र विद्यालयको कार्यालय रहेको कोठामा आगजनी भएको हो।  विद्यालयका प्रधानाध्यापक नन्दगोपाल बरालले राति चोरीका क्रममा पर्खाल भत्काइएको र पछि आगलागी गराइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।  विद्यालयमा रहेका दराज, र्‍याक, पाठ्यपुस्तकलगायत भौतिक सम्पत्ति क्षति भएको प्रअ बरालले बताए।  विद्यालयको छानासमेत आगजनी भएको बताइएको छ। आगजनीबाट विद्यालयको १० लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ।  विद्यालय भवनसमेत क्षति भएकाले पठनपाठन ठप्प भएको छ। यस विद्यालयमा ३५० छात्रछात्रा अध्ययन गर्दै आएका छन्। -रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!