सिरहा, अषाढ
२९ - जानकीनगर ३ मा एक चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक मंगलवार पक्राउ परेका छन् । स्थानीय नथुनी महतोका १६ बर्षीय छोरा शिबदयाल महतोलाई बलत्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक जय सापकोटाले बताए । महतोले बालिकालाई फकाई घर नजिकै रहेको पोखरीको डिलमा लगी बलात्कार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले महतोलाई पक्राउ गरेको सापकोटाले बताए । उनलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । पीडक महतो र पीडित बालिका दुबै जनाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन बाँकी छ ।
source:-
ekantipur
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires