मतदाता नामावलीका सबै कागजात डढेर नष्ट

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार ३०- फोटोसहितको मतदाता नामावली संकलन कार्यका लागि याङरुप क्षेत्रमा पुगेको टोली बसेको घरमा आगलागी हुँदा ताप्लेजुङका ५ गाविसमा फेरि संकलन कार्य गर्नुपर्ने भएको छ।  आगलागीमा संकलन कार्यमा प्रयोग हुँदै आएको एउटा ल्यापटप, १७ सय वटा नामावली अभिलेख र त्यसमा प्रयोग हुने कागजात तथा सिडी समेत डढेका छन्।  "जुन घरमा हामी बस्यौं, त्यहाँ शुरुदेखि नै भीडभाड थियो, दुर्भाग्य राति घटना भएछ,"मतदाता नामावली संकलन कार्यमा खटिएका टोली प्रमुख दुर्गाप्रसाद पौडेलले बताए।  उनका अनुसार राति पौने २ बजेतिर सो घटना भएको हो। ४ वटा गाविस क्रमश पेदाङ, मामांखे, याम्फुदिन र खेवाङको मतदाता नामावली संकलन कार्य सकेर सुरुम्खिम गाविसका केहि भागमा समेत संकलन कार्यको पहिलो चरण समाप्त गरेको मतदाता नामवली संकलन कार्यका सबै अभिलेख डढेका छन्।  रातको घटना भएकोले मतदाता नामावली संकलन कार्यमा खटिएका ६ जना र सो घरका बस्ने कसैले पनि केही बचाउन नसकेको पनि पौडेलले जानकारी दिए।  यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धिमान कार्कीले घटना बाट कार्यालयका सबै सामाग्री जलेको बताउँदै सो क्षेत्रमा फेरि मतदाता नामावली संकलन कार्य गर्नुपर्ने जानकारी दिए। उनले आजै जिल्ला निर्वाचन समन्वय समितिको बैठक बसेर के गर्ने भन्ने बारेमा थप निर्णय गर्ने जनाउ पनि दिए।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login