५ महिनामै ७ हजार जना जेल बसेर फर्के

काठमाडौ, अषाढ ३० - साउदी अरेबियामा 'भागेर काम गर्ने' नेपालीमध्ये पाँच महिनामा मात्रै सात हजार जना जेल बसेर स्वदेश फिरेका छन् । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले पाँच महिनामा साउदीको रियाद, दमाम र जेद्दामा रहेको जेल (डिपोर्टसेसन सेन्टर) मा बसेकामध्ये सात हजार ७८ जना नेपालीलाई स्वदेश जान ट्राभल डकुमेन्ट जारी गरेको छ । 'कम्पनी छाडेर भागेका कामदारहरू स्वदेश फिर्न चाहेमा डिपोर्टसेसन सेन्टरमा अनिवार्य बस्नुपर्छ,' साउदीका लागि कार्यवाहक राजदूत हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई भने, 'पछिल्लो पाँच महिनामा सात हजार नेपालीलाई ट्राभल डकुमेन्ट जारी गरिएको छ ।'  एउटा कम्पनीमा अनुमति लिएर गएका कामदार त्यस कम्पनी छाडेर अरू ठाउँमा काम गर्ने कामदारलाई 'भगुवा' भनिन्छ । यस्तो काम साउदी नियमविपरीत छ । 'जुन स्पोन्सरले साउदी आउन अनुमति दिएको हो, उसलाई छाडेर हिँडेलगत्तै गैरकानुनी भइन्छ,' उनले भने, 'त्यस्ता कामदारको साथमा राहदानी नहुने हुँदा दूतावासले ट्राभल डकुमेन्ट जारी  गर्ने गर्छ ।'  दूतावासले माघमा ८ सय पचास, फागुनमा दुई हजार तीन सय ९८, चैतमा दुई हजार नौ सय ६७, वैशाखमा चार सय २५ र जेठमा ४ हजार २८ जनालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी गरेको छ । त्यस्ता ट्राभल डकुमेन्ट प्रहरीले सबै छानबिन गरेर दोषी नभएपछि मात्रै जारी हुन्छ । 'भाग्नेबित्तिकै स्पोन्सरहरूले कामदारको विरुद्ध चोरीलगायत उजुरी हालिदिने रहेछ । कामदार निर्दोष भए मात्रै स्वदेश फिर्न पाइन्छ,' उनले भने, 'यसरी सबै कानुनी प्रक्रिया पूरा गर्ने भएपछि मात्रै स्वदेश जाने बाटो खुल्छ ।'  त्यसकारण फिर्ती केन्द्रमा बसेको महिनौं बितिसक्दा पनि स्वदेश जान पाउने स्थिति छैन । 'आउन जति सजिलो छ, फिर्न धेरै मुस्किल रहेछ,' दमाम जेलमा पाँच महिनादेखि बसिरहेका इलामका देउबहादुर राईले टेलिफोनमा भने, 'स्वदेश जाने पालो कुर्दाकुर्दा महिनौं बितिसकेको छ ।'  दमामको सफर जेलमा मात्रै झन्डै चार सय नेपाली घर फिर्न बसिरहेको उनले बताए । 'यहाँ झन्डै चार सय नेपाली जेलमा छन्,' मध्यरात सम्पर्कमा आएका उनले भने, 'सबै जना गैरकानुनी कामदार हुन् ।' त्यस जेलमा बिरामी परेर दुई जना नेपालीको मृत्यु समेत भएको थियो । राई भने स्पोन्सरले घर फिर्न नदिएपछि उनी विरुद्ध अदालत धाइरहँदा परिचयपत्रको समय सकेर गैरकानुनी भएका थिए ।  दूतावासले जनशक्ति कम र कार्यक्षेत्र निकै टाढा भएकोले दमाम र जेद्दामा दुई नेपाली सहयोगी प्रतिनिधि समेत परिचालन गरेको छ । दूतावासका अनुसार साउदीबाट फिर्न समेत भिसा लाग्नुपर्छ । आफू काम गर्न आएका कम्पनीबाट पाइने तलब तथा अन्य सुविधा, कम्पनीमा गर्नुपर्ने काम सम्झौतामा उल्लेख भएको भन्दा निकै तल्लो स्तरको हुनाले कामदारहरू अलि राम्रो तलब र सेवा-सुविधा पाउनेबित्तिकै छाडेर अर्कैमा जाने गर्छन् । साउदीमा यस्ता कामदारहरू झन्डै ८० हजारभन्दा बढी छन् । साउदी सरकारले लामो समय बितिसक्दा पनि गैरकानुनी कामदारलाई आममाफी नदिँदा यस्ता कामदारको संख्या बढिरहेको छ । गतवर्ष गैरकानुनी कामदारलाई माफी दिए पनि हज र उम्रहामा आएका मात्रै परेका थिए ।  भगुवा कामदार निकै जोखिममा काम गरिरहेका छन् । उनीहरूको परिचय पत्र नबन्ने, बिमा लेखपत्र नबनाइने र औषधि उपचारको सुविधा पाउँदैदन् । दुर्घटनामा परेमा सरकारी अस्पतालमा उपचार नपाइने, निजीमा नसक्ने र उपचार गर्न नयाँ कम्पनीको दायित्व नपर्ने कानुनी व्यवस्था छ । त्यसरी काम गर्नेक्रममा मृत्यु भएका कयौं शव पठाउन सकिएको छैन । साउदीमा हाल करिब पाँच लाख नेपाली कार्यरत छन् । श्रम स्वीकृतिमा सावधानी नअपनाइएको, नक्कली एवं फर्जी मागपत्रका आधारमा श्रम स्वीकृतिमा आएका कामदारहरू आएकै दिनदेखि नै भाग्न बाध्य भएको पीडित कामदार बताउँछन् ।   



source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login