दिनेश गौतम, नेपालगञ्ज, असार २६- सपुत नामक नेपाली फिल्म हेरेर घर फर्केपछि फिल्मका पात्रको नक्कल गर्दै घरको चौथो तलाबाट हाम फालेका नेपालगञ्जका एक बालक गम्भीर घाइते भएका छन्। नेपालगञ्ज-५ बसपार्कका १२ बर्षिय रविनाथ योगीको ४ तलाबाट हाम फाल्दा बायाँ खुट्टा भाँचिएको छ। नेपालगञ्जस्थित एक चलचित्र भवनमा शनिवारको शो हेरेर फर्केका योगीले साँझ पाच बजे फिल्मका नायक "अभय चन्द" को नक्कल गर्दै हाम फालेका थिए। ४ कक्षामा अध्ययनरत योगीको स्थानीय बैभव मेडिकलमा उपचार भइरहेको छ।
नागरिक
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires