श्रीकृष्ण श्रेष्ठ नेपाली चलचित्र जगतका राम्रा नायक मध्येमा गनिन्छन । भुमरी चलचित्रवाट उनको चलचित्रक्षेत्रको यात्रा शुरु भएको हो । अहिलेसम्म उनले करिव एक सय भन्दा वढी चलचित्रमा अभिनय गर्न भ्याएका छन् । पछिल्लो पटक उनी आफैले निमार्ण गरेको चलचित्र ‘कहाँ भेटिएला’का कारण उनी चर्चामा छन्
पहिलो चलचित्र ?
म स्टेजवाट आएको हुँ । पहिलो चलचित्र भुमरी हो । यहि फिल्मवाट मेरो फिल्मि करीयर शुरु भएको हो ।
कती जति नेपाली चलचित्रमा अभिनय गर्नुभयो ? अनि सफल चलचित्र ?
करीव एक सय भन्दा वढी नै चलचित्रमा अभिनय गरिसकेको छु । ९० प्रतिशत चलचित्र राम्रा र सफल छन । जस्तै नामनै लिनु पर्दा कहाँ भेटिएला, सुखदुख, वुहारी, अजम्वरी नाता लगायत । धेरै छन कुन कुनको नाम भनु ? अधिकांश सवै राम्रा छन् ।
तपाई केहि वर्ष अगाडि विरामि परेर अस्पतालमा भर्ना हुनुभयो, उपचार सफल भएपछि मलाई दर्शकले बचाए भन्नुहुन्थ्यो ? के यो साँचो हो ?
एकदमै साँचो हो । आज म जुन अवस्थामा छु दर्शककै माया र ममताले नै वाँचेको छु , म अस्पतालमा रहँदा मलाई यति धेरैले माया दिनु भयो म कदापि भुल्न सक्दिन । मेरो नयाँ जीवनको श्रेय मेरा आफ्ना दर्शकहरुलाई दिन चाहान्छु किनकि सवैको प्रार्थना र कामनाले गर्दा म आज छु ।
राम्रा नेपाली चलचित्रहरुमा काम गरिरहनु भएको छ या भनौ चलचित्रमा लागि सकेपछि पछाडि र्फकेर हेर्नु पर्ने परिरहेको छैन । कस्तो छ अहिलेको चलचित्र क्षेत्रको अवस्था ?
नेपाली चलचित्रको क्षेत्र अत्यन्तै राम्रो छ तर राजनैतिक अस्थिरता नभएको कारण ढुलमुल पनि भएको छ । हामीलाई माया गर्ने दर्शकहरु यहि राजनैतिक अस्थिरताले गर्दा विदेशिनु पर्ने भएको छ । चाहेको जस्तो गर्न सकिरहेका छैनांै । आशा गरौ त्यस्तो दिन पनि आउने छ ।
कलाकारहरु आफै चलचित्र वनाएर यस क्षेत्रमा टिकिरहेका छन जस्तो देखिन्छ । सत्य हो ?
सत्य नै हो । तर टिकिरहेका नभएर चलचित्र क्षेत्र टिकाईरहेको चाँहि हो । चलचित्र क्षेत्रमा लागेको सवैको चाहना हुन्छ यस क्षेत्रमा कि निमार्ता वन्नु या निर्देशन गर्नु । अहिले नेपाली चलचित्र क्षेत्रमा नै लागेकाहरुले यसलाई टिकाईरहेका छन किनकि उनीहरुलाई चलचित्र सम्वन्धि धेरै कुराको अनुभव छ ।
अहिले विदेश विदेश पुगेर नेपालका नायक नायिकाहरुले चलचित्रको प्रर्दशन गर्न थालिरहेका छन । नेपालमा वजार नपाएरै हो ?
नेपालमा पनि राम्रो चलचित्र वनाउने हो भने प्रशस्त वजार छ । कमसल चलचित्र वनाउने अनि वजार छैन भनेर भन्न मिल्दैन तर पनि राजनैतिक स्थिरता नहुँदा दुःख पनि छ । जहाँसम्म विदेशमा चलचित्र प्रर्दशनको कुरा छ, अरु कसरी आएका छन र हिडिरहेका छन त्यसको वारेमा म भन्न चाहन्न । मेरो कुरा गर्ने हो म नेपाली चलचित्रलाई विश्व वजारमा पुर्याउनु पर्छ भन्ने मान्यताको हुँ । कहाँ भेटिएलाले नेपालमा सफलताको साथमा ५१ दिन मनाईसकेको छ पैसा जति कमाउने हो नेपालमा कमाईसकेको छ । म यहाँ पैसा कमाउनेको लागि आएको होइन । मलेसियामा धेरै नेपाली साथीहरु हुनुहन्छ जसले चाहेर पनि चलचित्र हलमा गएर कहाँ भेटिएलालाई हेर्न पाइरहनु भएको छैन । उहाँहरुको वारम्वारको माग, नेपाल म्युजिक सेण्टरको पहल अनि नेपाली चलचित्रलाई विश्ववजारमा पुर्याउनु पर्छ भन्ने मान्यताका साथ त्यसको खोजीको निम्ति यहाँ आएका हौं । पैसासंग जोड्न मिल्दैन, नेपालीहरुको मायाँले हो ।
कहाँ भेटिएलाकी नायिका स्वेता खड्कासंग निकै नाम जोडिएर पनि आएको छ, कस्तो छ सम्वन्ध ?
सिनेमा क्षेत्र भएको कारण नाम जोडिनु कुनै नौलो कुरा होइन । कहाँ भेटिएलामा उनी नायिका छिन म नायक छु त्यसकारणले पनि नाम जोडिएको होला । वाहिर हल्ला जे आएको छ त्यस्तो केहि होइन । उनी एक जना राम्रो कलाकार हुन मैले उनलाई यसै गरेर नै वुझेको छु ।
स्वेताले केहि समय अगाडि छोटा कपडा लगाएर एउटा नेपाली चलचित्र खेलेको कारण तपाईहरु विचमा राम्रो सम्वन्ध रहेन पनि भनियो ?
सवै साथीहरुले यहि प्रश्न राख्नुहुन्छ । उहाँसंग जुन सम्वन्ध हिजो थियो, आज पनि उहि छ । उहाँले लगाएको कपडासंग मेरो लिनु दिनु केहि छैन । फेरी कसैले छोटा कपडा लगाउदैनमा म किन रिसाउनु त्यो त उहाँको अधिकार हो । कसैको व्यक्तिगत अधिकारमा रिसाउनु खुसाउनुको के अर्थ छ र ? मलाई यति थाहा छ उनी एकजना राम्रो कलाकार हुन । हाम्रो सम्वन्ध कलाकारको मात्रै छ ।
मलेसियामा रहेका तपाईका दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?
जसरी हिजो माया गरेर मलाई वचाउनु भयो, त्यसै गरेर माया गरिदिइरहनुस । आज म जे छु तपाईहरुको मायाको कारणले गर्दा नै छु । नेपालमा तपाईहरुसंगै वसेर कहाँ भेटिएला हेर्न रहर थियो पुरा हुन सकेन । त्यसैले तपाईहरुसंग वसेर फिल्म हेर्नको लागि मलेसिया आएको छु । मिल्छ भने तपाईको नजिकै रहेको चलचित्रहलमा सँगै वसेर फिल्म हेरौं ।
onlinekhabar










0 commentaires