डडेलधुरा, अषाढ १९ - कानमा लगाएको सुनको लोभले आफ्नै भान्जा नाता पर्ने बालकको अपरहण पछि बालकलाई डोटी पुर्याएर छाडीएको छ । शुक्रबार डडल्धुरा सदरमुकामबाट अपहरणमा परेका सात बर्षीय रोशन ऐर शनिबार बिहान डोटीको कालागाडमा भेट्टिएका हुन् । तुफानडाँडास्थित घरबाटै बालकलाई चाउमिन खुवाउने भन्दै अपहरण गरिएको थियो । दिउसो करिब साढे एक बजे बालकलाई खाजा खुवाउछु भन्दै लगेर डोटीका खडक रायमाझी भनिने दिपेन्द्र रायमाझीले अपहरण गरेको पारिवारिक स्रोतले बताएको छ । अपहरणमा संलग्न राइमाझी अपहरित बालकमा मामा नाता पर्ने ब्यक्ति हुन् । अपहरणपछि बालकको कानमा रहेको सुन निकालेर रायमाझीले बालकलाई रातिनै डोटीको कालागाडमा छोडेपछि बालक उक्त स्थानमा भेटिएका हुन । कालागाडबाट क्षेत्रीय प्रहरी कार्यालय डोटीमा राखिएका अपहरित बालक घरपरिवारको सम्पर्कमा आइसकेको र अपरहणमा संलग्न दोषी उपर कानूनी कारवाही गर्न प्रहरीमा उजुरी दिएको बुवा बिरेन्द्र ऐरले जानकारी दिए । अपहरणमा संलग्न युवक राईमाझीको खोजी भइरहेको र कानून अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
ekantipur









0 commentaires