तराइ उपेक्षित

२१ असार जनकपुरधाम सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तराइको उपेक्षा गरिएकोछ ।तराइका लागि ठोस योजनाहरु ल्याइने प्रतिबद्धता नीति तथा कार्यक्रममा छैन ।डेढ दसक भन्दा बढी समयदेखि प्रस्तावित राजषर्ी जनक विश्वविद्यालयको चर्चा नीति तथा कार्यक्रममा गरिएको छैन ।तर संसदमा विश्वविद्यालय सम्बन्धी विधेयक प्रस्तुत भइसकेकोछ ।संसदमा छलफलमा रहेको विश्वविद्यालय सम्बन्धी सरकारले आफ्नो नीति तथा कार्यक्रममा कुनै चर्चा नगर्नु दुखद र मधेश बिरोधी भएको प्रष्ट भएकोछ ।जनकपुरधाममा विश्वविद्यालय स्थापनाको सबै भन्दा ठूलो बाधक वर्तमान अर्थमन्त्री भरतमोहन अधिकारी हुन ।उनी यस अघि अर्थमन्त्री हु“दा विश्वविद्यालयको नाममा राखिएको बजेट शिर्ष हटाएका थिए ।उनले विश्वविद्यालय स्थापनाका लागि सहमति समेत दिएको थिएन ।करोडौ कर छल्नेहरुबाट मोटो रकम लिएर कुख्याती कमाएका अर्थमन्त्री अधिकारी भ्रष्ट र मधेश बिरोधी हुन ।यस अघि अर्थमन्त्रालयका सचिवले कर छल्ने उपर कार्वाहीगर्दा उनलाइ जागिर छाडन नै बाध्य बनाउने अर्थमन्त्री अधिकारी तराइबाट नै प्रतिनिधित्व गर्ने भएपनि तराइ बिरोधीहरुको नेतृत्व गर्ने जमातको अग्रपंगतीमा उभिने गरेकाछन ।सरकार फेरी मधेश बिरोधी भएको प्रष्टयाएकोछ ।जनकपुर टुडे
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login