‘बुढी भैसकें, अब नो बेबिज’


नायिका करिश्मा मानन्धर नेपाली सिने जगतका एकमात्र यस्ति नायिका हुन जो उमेर छिपिदै जाँदा झन सेक्सी र सुन्दर देखिदैछिन् । लामो समय अमेरिका बसेर नेपाल फर्किएकी करिश्माको रुपको दाजु काठमाण्डौंमा भइरहने कार्यक्रममा दर्शन गर्न पाइन्छ ।  बिनोद मानन्धरसँगको बिबाहबाट जन्मिएकी छोरी कविता पनि जवान भइसकिन् । सायद छोरीको चढ्दो जवानी देखेर होला आजभोली आमा करिश्मालाई लाग्न थालेकी छ-’अब त बुढी भएँ ।’  जीवनका अनेक पाटोबारे हालै अनलाइनखबरसँग अन्तरंग कुराकानी गरेकी करिश्माले आफु बुढी भइसकेको त स्वीकारिन नै, अब छोराको आमाको बन्ने कुनै सम्भावना नरहेको समेत बताइन् ।  छोराको आमा कहिले बन्ने भन्ने प्रश्नमा करिश्माको जवाफ थियो- ‘अब नो बेबिज, त्यसका लागि म बुढी भइसकें ।’  पति बिनोदलाई भन्दापनि छोरी कवितालाई बढि माया गर्ने बताउने करिश्माले अहिलेपनि कविता सानी छोरी हुँदाको रोमाञ्चकता भुलेकी छैनन । भन्छिन-’अहिले पनि छोरी कविता सानो बेबी भइदियोस भन्ने लाग्छ ।’  उमेर बढ्दै जाँदा बढि कन्फिडेन्स भएर होला करिश्मा आजभोली पहिलेभन्दा बढि बोल्न पनि थालेकी छन् रे । करिश्माको सुन्दरता देखेर अहिलेसम्म पनि बिबाहका प्रस्ताव आइरहेका छन रे । तर करिश्मा भन्छिन-’ मेरो नजरमा विवाह यस्तो कमिटमेन्ट हो जो एकभन्दा बढीसंग गर्न सकिदैन् ।’ तर उनलाई हरेक महिना चिठी पठाउने क्रेजी फ्यानको भने कुनै कमी छैन् । भन्छिन-’मिलन आफन्त भन्ने क्रेजी फ्यानले हरेक महिना लेटर पठाउँछ, त्यो को हो, मलाई पनि थाहा छैन ।’

onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login