गोली लोड भएको पेस्तोलसहित पक्राउ



काठमाडौं, असार २२ - प्रहरीले २ राउन्ड गोली लोड भएको सिक्सर पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। नियमित चोक जाँचको क्रममा नरदेवीमा खटिएको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पेस्तोल बोकेर हिँडेका सविन पुलामीलाई पक्राउ गरेको हो। परिसरका प्रमुख केदार रिजालका अनुसार बेलुका सात वजेतिर बा २९ प ७२६८ नम्बरको मोटरसाइकलमा आएका उनलाई रोकेर प्रहरीले चेक गर्ने क्रममा लुकाएर राखेको पेस्तोल फेला परेको थियो। पेस्तोलमा २ राउन्ड गोली लोड भएकाले उनी आपराधिक घटना घटाउन हिँडेको प्रहरीले आशंका गरेको छ।  गोरखाका उनी नयाँ बजारमा बस्दै आएको खुलेको छ। प्रहरीले पुलामी उपत्यकामा सक्रिय संगठित समूहका सदस्य भएको आशंकासमेत गरेको छ। 'गोली लोड भएको पेस्तोलसहित पक्राउ परेकाले उनी अन्य अपराधमा समेत संलग्न हुनसक्छन्' रिजालले भने,  'थप अनुसन्धान जारी छ।'

(नागरिक)
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login