असार २३ नुवाकोट/ चार सयभन्दा बढी महिला वेश्यालयमा बिक्री गरेको आरोपमा घ्याङफेदी-७ बोलुङका काले तामाङ पक्राउ परेका छन् । १५ वर्षको अवधिमा तामाङले ४ सयभन्दा बढी महिला र बालिकालाई भारतका विभिन्न ठाउँ पुुर्याइ बिक्री गरेको घ्याङफेदी र शिखरबेसीका सर्वसाधारणले बताए । तीन वर्षदेखि प्रहरीले खोजी गर्दै आएका तामाङलाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय नुवाकोट पक्रेको होे । तामाङले प्रहरीसँग सातजना महिला बेचेको स्वीकारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण थापाले बताए । जिल्ला प्रहरी कार्यालयले नुवाकोटमा मानव बेचबिखनमा संलग्न ३० जना 'मोस्ट वान्टेड को सूचीमा रहेको जनाएको छ । फरार रहेकालाई पक्रन प्रहरी लागिपरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
नयाँ पत्रिका