रिया र प्रिन्स बने लिटिल स्टार

काठमाडौँ । प्रिन्स श्रेष्ठ (बालक) र रिया श्रेष्ठ (बालिका) तर्फ ‘लिटिल स्टार-२०११’ को उपाधि हात पार्न सफल भएका छन् । राष्ट्रिय नाचघरमा जमल भएको अन्तिम प्रतिस्पर्धामा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल प्रिन्स र रियाद्वयलाई नायिका नम्रता श्रेष्ठले विजय अवार्ड दिनुभएको थियो ।  ग्रीन आर्ट मिडिया प्रा.लि.ले शनिबार आयोजना गरेको ‘लिटिल स्टार-२०११’ सातदेखि १२ वर्षसम्मका ४७ बालबालिकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये बालकतर्फ १९ र बालिकातर्फ २८ जना सहभागी रहेका थिए ।    सो प्रतिस्पर्धामा श्रेया मालीले ट्यालेन्ट, कारोमी श्रेष्ठले चार्मिङ पस्र्नालिटी, रिसव पाण्डेले मोस्ट डिसिप्लिनको उपाधि हात पार्न सफल भएका थिए ।  सम्मान श्रेष्ठ र सनिया अधिकारीलाई फोटोजेनिकको उपाधि प्रदान गरिएको थियो भने आर्य खड्का बेस्ट ड्रेस, पुनम गुरुङ बेस्ट प्रोफोमेन्सको उपाधि आफ्नो नाममा पार्न सफल भएका छन् ।  त्यस्तै श्रृष्टि बराल मोस्ट क्युटि, लुमा श्रेष्ठ फेन्डन्सिप र महिमा जोशी ब्युटिफुल स्माइलको उपाधि हात पार्न सफल भएका छन् । अन्तिम प्रतिस्पर्धामा ४७ जना प्रतिस्पर्धी सहभागी भए पनि पहिलो चरणमा १५ जना र दोस्रो चरणमा छ जनाको छनोट गरिएको थियो ।  


onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login