कतारी मन्त्रीसंग राजदुतको भेटवार्ता / ‘कतारमा नेपाली जनसंख्या ३ लाख’



दीपक पौडेल / दोहा  कतारका सामाजिक मामिला मन्त्री तथा कार्यवाहक श्रममन्त्री महामहिम नासर अब्दुल्हा सालेह अल हमेदी र नेपाली राजदुत डा. सुर्यनाथ मिश्रविचको एक विशेष भेटवार्तामा दुईदेशविचको श्रम मामिला तथा कतारमा कार्यरत नेपाली श्रमिकवारे विस्तृत छलफल भएको छ । गत साता मन्त्रालयमै भएको १ घण्टा १० मिनेट लामो सो भेटवार्ता निकै सौहाद्र्व, सकारात्मक र उपलब्धिमुलक रहेको राजदुत डा. सुर्यनाथ मिश्रले बताए । सो अवसरमा कतारी मन्त्रीले कतारमा नेपालीको जनसंख्या ३ लाख ८ हजार २ सय ४९ रहेको जानकारी दिएका छन् । कतारको कुल जनसंख्या १७ लाखभन्दा केहि बढि छ । ‘हामी नेपाली कतारमा ३ लाख ८ हजार २ सय ४९ को संख्यामा रहेछौं’ भेटवार्तापछि राजदुतले भने– ‘प्रशस्तै नेपालीको भिसा इस्यु भइसकेर पनि आउन बाँकी छन् भने श्रम विभागबाट स्विकृत भिसाको संख्या पनि निकै ठुलो रहेछ ।’ भिसा जारी भइसकेको तर कतार भित्रिन बाँकी रहेका नेपालीको संख्या ३० हजार ७ सय रहेको राजदुतले बताए । श्रम विभागबाट ९० हजार २ सय ४४ थप नेपालीका लागि भिसा अनुमोदन भएको पनि राजदुतले जनाए । ५९ हजार २ सय ४४ नेपालीको मागपत्र पेश भइसकेको र भिसा अनुमोदनका लागि निर्णय प्रकृयामा रहेको जानकारी कतारका सामाजिक मामिला मन्त्री तथा कार्यवाहक श्रममन्त्री अल हमेदीबाट पाएको राजदुत डा. मिश्रले बताए । भेटका अवसरमा राजदुतले कतारमा नेपालीको कार्यसम्पादनप्रति जिज्ञासा राखेको बताए । ‘उहाँले पुर्ण सन्तुष्टि ब्यक्त गर्नुभएको छ’ राजदुतले भने– ‘दक्ष र ब्यवसायीक जनशक्तिमा पनि नेपाल सक्षम छ । उनीहरूलाई अवसर उपलब्ध गराउन पनि आग्रह गरेको छु र उहाँले कतार सकारात्मक रहेको बताउनुभयो ।’ नेपाललाई सहयोग गर्न तथा अवसर उपलब्ध गराउन कतारका सम्बन्धित निकायलाई जानकारी गराउने र विश्वास दिलाउने कतारी मन्त्रीको प्रतिबद्वता रहेकोमा राजदुत डा. मिश्रले प्रशन्नता ब्यक्त गरे । डाक्टर, इञ्जिनियर, ओभरसियर, नर्स, एकाउण्टेन्ट, मेनेजर, स्वास्थकर्मीहरू लगायतका दक्ष र ब्यवसायीक जनशक्तिको खाँचो कतारलाई पनि ठुलै रहेको र नेपालीले अवसर पाउने सम्भावना पनि बलियो देखेको राजदुतले बताए । सो अवसरमा कामदारको पुर्णकालिक विमाकावारेमा पनि छलफल भएको थियो । ‘काममा नरहेका बखत भएका अकाल मृत्यका घटनामा मृतकले विमा पाएका छैनन् । यदि पुर्णकालिन विमा (जीवन विमा) गरियो भने क्याम्पमा सुतेको अवस्थामा ज्यान गुमाउनेले पनि विमा पाउने थिए र आश्रीत परिवारजनलाई केहि राहत मिल्ने थियो’ राजदुतको सो सुझावलाई मन्त्रीले सकारात्मकरुपमा लिएका छन् । पवित्र इस्लामिक पर्व इद अल फित्र पश्चात विभिन्न कम्पनीका ब्यवस्थापनहरूसंग हुने बैठकमा सो प्रस्ताव राख्ने र उपयुक्त निर्णय लिने बचन मन्त्रीले दिएका छन् । कामदारलाई कानुनप्रदत्त अधिकार प्राप्तिमा ब्यवहारिक कठिनाई भएकोवारे पनि छलफल भएको राजदुतले बताए । ‘यस्तो परिस्थतिमा मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ’ राजदुतले भने । अस्पतालहरूमा भाषागत समस्या रहेको वारे छलफल भएको राजदुतले बताए । सो विषयमा पनि पवित्र इस्लामिक पर्व इद अल फित्र पश्चात विभिन्न कम्पनीका ब्यवस्थापनहरूसंग हुने बैठकमा उपयुक्त निर्णय लिने बचन मन्त्रीले दिएका छन् । नेपालबाट हाउसमेडकावारेमा भएका निर्णयहरूवारे पनि मन्त्रीले जिज्ञासा राखेको र यसवारे छिट्टै आवश्यक समन्वय गरिने प्रतिबद्वता जनाइएको राजदुतले बताए ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login