झापा अषाढ १५ झापाको दुवागढीमा गएराति डाकाको गोली प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन् । दुवागढी – ५ कि ३२ बर्षीया चेलीमाया कडरिया राती १० बजेतिर डाकाको गोली प्रहारबाट घाइते बनेकी हुन् । दुवागढीमा रहेको मेट्रो पेट्रोल पम्पअगाडि रहेको उनको घरमा चार जनाको समूहमा आएको डाका समूहले गोली प्रहार गरेको थियो । चारआली प्रहरीका अनुसार गोली प्रहारपछि डाकाहरु भागेका थिए । छातीमा गोली लागेकी कडरियाको विर्तामोडस्थित कन्काई अस्पतालमा उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
समाचार
»
डाकाको गोली लागि चेली घाइते
डाकाको गोली लागि चेली घाइते
Tags:
समाचार









0 commentaires