सामूहिक बलात्कार गरेको अभियोगमा मोरङमा पाँच युवा पक्राउ

एक विवाहित महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा मोरङमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ, गोविन्दपुर–१ का १९ वर्षीय डिप्लुङ राई, गोविन्दपुर–७ का सरोज पौडेल, दिनेश पोखरेल, हेमु लिम्बू र गोपाल बस्नेत रहेका प्रहरीले जनाएको छ। सिजुवा–८ स्थित शनिश्चरे बजारबाट घर फर्कंदै गर्दा उनीहरुले ती महिलामाथि बलात्कार गरेका इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए। पीडित महिलाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको र घटनामा संलग्न युवाहरुविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाइएको पौडेलले जानकारी दिए। यसैबीच एक बालिकामाथि बलात्कार गरेको अभियोगमा मोरङ, शनिश्चरेका १९ वर्षीय अभिषेक ठटाल (नेपाली) लाई प्रहरीले पक्राउ गरेको छ। ठटालले छिमेककी नौ वर्षीया बालिकालाई घरमा कोही नभएको बेला बलात्कार गरेको र निजविरुद्ध मुद्दा दर्ता भइसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक डम्बरप्रसाद आचार्यले बताए। - रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login