१३ जेठ, काठमाडौँ । चुरेभावर राष्ट्रिय एकता पार्टी र विश्वहिन्दु महासंघलगायतका समूहले आहृवान गरेको उपत्यका बन्दको विरोधमा पर्यटन व्यवसायी र उद्योगीले राजधानीमा विरोध र्याली निकाल्दै छन् । ब्यवसायीले बिहान ११ बजे ठमेलको कर्मचारी सञ्चयकोष अगाडिको त्रिदेवीमार्गबाट व्यवसायीले मोटरसाइकल र्याली निकालिने बताएका छन् । बन्द विरोधी सन्देश लेखिएका प्लेकार्ड र व्यानरसहित निकालिले उक्त र्याली दरवारमार्ग, घण्टाघर, भद्रकाली, नयाँसडक, भोटाहिटीहुँदै पुनः सोही स्थानमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न बन्द हड्ताल जस्ता क्रियाकलाप नगर्ने प्रतिबद्धता विपरित राजनीतिक दल र संघ संस्थाले बन्द गरेको भन्दै ठमेलका व्यवसायीले यसअघि पनि बन्दको प्रतिकारमा गर्दै आएका छन् ।
via onlinekhabar