दमक जेठ १२ गते आन्दोलन पनि आ आफ्नै किसिमका ।कोहि आन्दोलनमा खुकुरी भाला लिएर सडकमा उत्रिएका हुन्छन् भने कसैले टायर बालेर बिरोध जनाउछन् । झापाको दमकको गणतन्त्र चौक जुन सुकै समुहको आन्दोलनको केन्द्र बिन्दु हो ।यहाँ दैनिक तीन वटा सम्म आन्दोलनका कार्यक्रमहरु हुने गर्छ । शुक्रबारको आन्दोलन फरका किसिमको रहयो यहाँ ।आन्दोलनकारीहरुको हातमा नँ बाँसको लौराहरु रहेका थिए नत कुनै प्रकारका हातहतियार नै उनिहरुले बोकेका थिए । उनिहरुको हातमा शंक,घण्ट र साथमा चामल कुटेर बनाइएको पिठो लिएर सडकमा उत्रिए । यसको पनि आफ्नै अर्थ रहेको यसका नेताहरु बताइरहेका थिए ।सरकारमा बसेकाहरुले र ठुला नेताहरुले आफुहरुले राखेका माग नसुनेका कारण कान खुलेर सुन भनेर शंक घण्ट बजाइएको हो । शुक्रबार झिसमिसे बिहानमा पुर्व पश्चिम राजमार्गमा पर्ने दमकको मुख्य चौकको सडक अर्थात गणतन्त्र चौकको मध्य भागमा शंक र घण्ट बजाउदै ब्राह्मणहरुले बेदको ध्वनीका साथ चामलको पिठोले सडकमा रेखि हाले । खस ब्राहमण तथा क्षेत्री समाजले आफुहरुलाइ आदिबासिमा सुचिकृत गर्न माग गर्दै आयोजना गरेको पुर्व बन्द र उनिहरुले गरेको आन्दोलनको एउटा नयाँ शैली यहाँ देखियो । निक्कै ठुलो आकृतीको रेखि हालेर त्यहा खस ब्राह्मण र क्षेत्री एक हौ भन्ने नारा समेत लेखिएको छ । दिनभर पुर्वपश्चिम राजमार्गको बिचमा पिठोले लेखिएको उक्त नारा माथिबाट कसैले कुनै प्रकारको सवारी साधन चलाएनन् भने बनाइएको रेखि पनि बेलुका सम्म जस्ताको त्यस्तै रहयो । झापाका प्रमुख बजारहरु बिर्तामोड,काकडभिट्टा ,केर्खा लगायतका ठाँउहरुमा पनि आन्दोलन फरक फरक किसिमका रहे । खस ब्राह्मण र क्षेत्रीहरुले आफ्नो परम्परागत रितिरिवाज र सस्कृती झल्कने गतिबिधिहरु सडकमा प्रदर्शन गरेर आफ्ना मागहरुलाइ अघि सारे । खस ब्राहमण समाजका केन्द्रिय उपाध्यक्ष भबकृष्ण खतिवडाका अनुसार कतै बेद बाँचन भयो भने कतै कतै सडकमा नै धार्मिक अनुष्ठानहरुको समेत आयोजना गरियो । सडकमा कतै सङ्गीनी खेलिएको थियो भने कतै भजन किर्तन गरेर बन्दकर्ताहरु सडकमा बसेका थिए । सडकमा हिडने बटुवाहरुले रमाइलो मानेर बन्दको नयाँ स्वरुपलाइ नजिकबाट नियाल्दै हिडेका थिए । खस ब्राह्मणको धर्म सस्कृती र परम्परालाइ राज्यले उपेक्षा गरेको तथा यी जातीलाइ अन्य जाती भनेर अपहेलना गरेकाले आन्दोलन गर्नु परेको समेत उहाँले बताउनु भयोे । आफ्नो बेग्लै इतिहास,धर्म सस्कृती,रितिरिवाज र चालचलन भएको जातिलाइ आदिबासि भनिदै आएको र खस ब्रमह्मण तथा क्षेत्रीको पनि आफ्नै रितिरिवाज र सस्कृती रहेको राज्यलाय देखाउन खोजीएको समेतट उहाँको भनाइ छ । अहिले आफ्ना माग राख्दै शंक र घण्ट लिएर सडकमा आफुहरु उत्रिएको र राज्यले अझै पनि उपेक्षा गरे घरमा भएको हातहतियार लिएर निस्कने खस ब्रह्मण समाजका बरिष्ठ केन्द्रिय सल्लाहाकार नन्दी अधिकारी बताउनु हुन्छ । बिहिबार झापाका सबै गाबिस र तीन वटै नगरपालीकामा खस ब्राह्मणहरुले शंक,घण्ट सहितको ¥याली निकालेर प्रदर्शन गरेका थिए ।उनिहरुले जातीय राज्य हुनु नहुने र जातीय आरक्षण खारेजीको माग समेत राखेका थिए ।
समाचार
»
आन्दोलको फरक स्वरुप घरघरबाट शंक र घण्ट लिएर सडकमा
आन्दोलको फरक स्वरुप घरघरबाट शंक र घण्ट लिएर सडकमा
Tags:
समाचार
