काठमाडौ, जेष्ठ ७ - नियमित दगुर्ने व्यक्तिको यौनजीवन नदगुर्नेको अपेक्षामा बढी सक्रिय हुन्छ । अनुसन्धानअनुसार यसका लागि गरिएको सर्वेक्षणमा बिहान बिहान दगुर्ने प्रत्येक १० जनामध्ये एकजना व्यक्ति -जगर्स) ले दिनहुँ कम्तीमा एकपटक यौनसम्बन्ध स्थापित गर्ने कुरो स्वीकार गरे । अर्कातिर, तीन प्रतिशत जगर्सको भनाइअनुसार उनीहरू दिनमा दुईपटक स्वस्थ यौनसम्बन्धको आनन्द उठाउँछन् । अनुसन्धानअन्तर्गत ती व्यक्तिहरूसँग समेत कुराकानी गरियो जो दगुर्दैन थिए । यस्ता चार व्यक्तिमध्ये एकजनाले महिनामा एकपटक सहवास गर्ने बताए । यो अनुसन्धान एक हजार जगर्स र त्यतिकै संख्यामा नदगुर्ने व्यक्तिहरूमा गरियो । अनुसन्धान गराउने संस्था 'स्यु राइडर केयर' का अनुसार १० जनामध्ये एकजना पुरुषले के स्विकारे भने उनीहरू व्यायाम गर्दाताका यौनक्रियाबारे सोच्छन् । अर्कोतर्फ, केवल ५ प्रतिशत महिलाले दगुर्दा वा व्यायाम गर्दा यौनक्रियाबारे सोच्ने गरेको बताए । व्यायाम गर्ने सम्पूर्ण महिला व्यायामले कति फाइदा गर्छ भन्ने सोच्नमै व्यस्त हुन्छन् । मस्तिष्क हुन्छ नियन्त्रित काम वा अध्ययनका बेला धेरैजसो व्यक्ति सपनाको दुनियाँमा हराएका हुन्छन् । उनीहरूको मस्तिष्क यताउता डुल्न थाल्छ, भनेको ठाउँमा दिमाग केन्दि्रत रहँदैन । विज्ञहरूका अनुसार यसो हुनु स्वास्थ्यका लागि राम्रो होइन । र, यसबाट मुक्तिका लागि स्वस्थ यौनसम्बन्ध प्रभावकारी हुन्छ । अध्ययनहरूअनुसार अधिकांश व्यक्ति दाँत माभmदा वा अन्य काम गर्दा त्यसको करिब ५० प्रतिशत समय दिवास्वप्न -डे डि्रमिङ) मा खर्च भइरहेको हुन्छ । यौनसम्पर्क गर्दा मात्र हाम्रो मस्तिष्क यताउता नभडकने हुन्छ । अर्थात, डे डि्रमिङ गरिँदैन । मस्तिष्क बरालिने काममा यौनक्रियाका बेला ३० प्रतिशतसम्म कमी आउँछ । हार्वर्ड विश्वविद्यालयका म्याथ्यु किलिङ्सवर्थ र उनका सहयोगि डेनियल गिलवर्टले यस विषयमा गरेको अनुसन्धानमा के पाए भने प्रायः व्यक्ति मुड बिग्रेका बेला दिवास्वप्नमा रमाउँछन् । तर हाम्रो मुड ठीक पार्न डे-डि्रमिङ साह्रै थोरै सहयोगी हुन्छ । क्यालिफोर्निया विश्वविद्यालयका जोनागथम स्मलउडका अनुसार नेगेटिभ मुड र माइन्ड वान्डरिङबीच सम्बन्ध स्थापित गर्नु निकै कठिन हुन्छ । अध्ययनको निष्कर्षअनुसार अवसादबाट बच्न डे-डि्रमिङ गर्नु आवश्यक छैन तर आफूलाई व्यस्त राख्दै ध्यान गर्नाले फाइदा पुग्न सक्छ । दिवास्वप्ना थुप्रै आविस्कारको जननी रहेको तथ्यसमेत छ । यौन अपराधमा इन्टरनेट इन्टरनेटमा सहज उपलब्ध पोर्नोग्राफीले मानिसको चरम कल्पनालाई साधारण मात्र बनाउँदैन, यसले हेर्ने व्यक्तिहरूलाई यौनअपराध गर्न प्रोत्साहनसमेत गर्छ । विशेषज्ञहरूका अनुसार इन्टरनेट पोर्नोग्राफी मानिसको यौन उत्कण्ठालाई बढाउँछ र यसले मानिसलाई हिंस्रक कल्पनाका लागि समेत उक्साउँछ । पोर्नोग्राफीले मानिसहरूलाई अझ बढी क्रूर र पथभ्रष्ट व्यवहार गर्न उत्साहित गर्छ । यौनअपराध र पोर्नोग्राफीमा प्रेरणात्मक सम्बन्ध रहेको अध्ययनमा उल्लेख छ । यो अध्ययनमा वोरसेस्टर विश्वविद्यालयका काग्निटिभ साइकलोजीका प्रा. टिम जोन्स र अन्य सहयोगी अनुसन्धानकर्ताबाहेक बि्रटेनका शीर्ष क्रिमिनोलोजिस्ट प्रा. डेभिड बिल्सन पनि सामेल थिए । यो अध्ययन प्रतिवेदनमा यौनअपराधमा सामेल रहेका अपराधीसँग गरिएको साक्षात्कारलाई समेत सामेल गरिएको छ । विशेषज्ञहरूका अनुसार थुप्रै हिंस्रक यौनअपराध गरेका कारण १४ वर्षको काराबासको सजाय भोगिरहेका एक अपराधीले के बताए भने यौनअपराध र इन्टरनेट पोर्नोग्राफीबीच प्रेरणास्पद सम्बन्ध हुन्छ ।
via kantipur









0 commentaires