नेपालगन्ज, जेष्ठ १ - शरीरभित्र हुनुपर्ने कलेजो नाइटो बाहिर भएको एक बिरामी फेला परेका छन्
नाइटोमाथि निस्केको मासुको डल्लोमा देखापरेको कलेजोले स्वस्थ मानिसको कलेजोले जस्तै काम गरिरहेको छ । चिकित्सकले यसलाई आश्चर्यजनक घटना भनेका छन् । नेपालगन्जस्थित मेडिकल कलेजमा उपचारार्थ आएका दाङ गोल्टाकुरीका १७ वर्षीय खिमबहादुर बुढाथोकीलाई जाँच गर्दा रेडियोलोजिस्ट अरुण शर्माले कलेजो शरीर बाहिरै फेला परेको पुष्टि गरे । बुढाथोकीको नाइटो नजिकै जन्मदेखि नै मासुको डल्लो निस्केको थियो । कक्षा १० मा पढ्दै गरेका बुढाथोकी विद्यालयमा खेल्ने क्रममा लड्दा मासुको डल्लोमा चोट लागेर दुख्न थालेपछि उपचारका लागि अस्पताल आएका हुन् । उनी ५ दिनअघि भर्ना भएका थिए । शर्माले नाइटोमाथि थुपि्रएको डल्लो भिडियो एक्सरे गर्दा त्यहां बायाँ कलेजो देखापरेको बताए । '










0 commentaires