महिलाको हत्या गरी फरार लडाकु जेल चलान


गुल्मी, जेष्ठ १ - पाँच वर्षअघि महिलाको हत्या गरी फरार भएको अभियोगमा प्रहरीले प्रमाणीकरणमा परेका एक माओवादी लडाकु पक्राउ गरी जेल चलान गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा हत्या, चोरी, डाँकामा संलग्न आरोपमा क्यान्टोनमन्टमा बस्दै आएका लडाकुहरू पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । प्रहरीले पछिल्लोपटक जुभुङ ३ मा पाँच वर्षअघि भएको महिला हत्या घटनामा संलग्न आशंकामा जनमुक्ति सेनाको सलिममण्डल निसान स्मृति बि्रगेड चौथो डिभिजनअन्तर्गत अरुण खोलाको २ नं. बटालियन सी कम्पनीको सेक्सन ए को कमान्डर गौडाकोट ५ का २४ वर्षीय डोलबहादुर सोमरेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सोमरेलाई थप अनुसन्धान गर्ने गरी शुक्रबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
सोमरेले २०६२ साउनमा जुभुङ ३ की ५५ वर्षीया मनरूपा थापाको हत्या गरेका थिए । बोका चोर्ने क्रममा महिलाले देखेपछि डोरीले घाँटीमा बाँधेर हत्या गरेको बयान सोमरेले प्रहरीसमक्ष दिएका छन् । सोमरेलाई महिलाको हत्या गरेको आरोपमै तत्कालै माओवादीले समेत नियन्त्रणमा लिएर डेढ वर्ष श्रम शिविरमा राखेको थियो । श्रम शिविरबाट छुटेपछि उनी माओवादी लडाकुमा भर्ना भएको माओवादीले जनाएको छ ।
प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा चोरी गर्दै हिँडेको अभियोगमा नवलपरासीकै झ्यालटुङडाँडा क्याम्पबाट प्रमाणीकरणमा परेका सेक्सन कमान्डर खड्गकोट ५ का राजु बस्याल, बाँझकटेरी १ का टेकबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनीहरू अहिले जेलमै छन् । जिल्लाका विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने र अदालतबाट कारबाहीको फैसला भएर वर्षौदेखि फरार रहेकाहरूको समेत खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले बताए । 'हामी खोजी कार्यमा तदारुकताका साथ लागेका छौं,' उनले भने, 'अहिलेसम्म ३१ वर्षसम्म पुराना फाइलबाट अभियुक्तहरू पक्राउ गरी जेल चलान गरिसकेका छौं ।' विशेष सुराकीका आधारमा पक्राउ गर्ने क्रम जारी रहेको उनले बताए ।
स्रोतका अनुसार जिल्लाका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने नवलपरासीको झ्यालटुङडाँडा र सैनामैना क्यान्टोनमेन्टका प्रमाणीकरणमा परेका ९ जना लडाकुहरू अझै फरार छन् । उनीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login