धाराबाट मलमूत्र र जुका

अर्जुन शा बाजुरा, जेष्ठ ३   - सदरमुकाम मार्तडीमा ल्याइएको खानेपानी पाइपबाट पशुको मलमूत्र र जुका आउन थालेपछि उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै स्वास्थ्यकर्मीले सचेत रहन भनेका छन् ।


फोहोर पानीकै कारण टाइफाइड र झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढेको स्वास्थ्यकर्मीले  बताए । जिल्ला अस्पतालमा उपचारका लागि आउने आधाभन्दा बढीमा पखालाको समस्या देखिएको निमित्त प्रमुख डिलाराम भट्टले बताए । पखालाको मुख्य कारण फोहोर पानी भएको उनले औंल्याए । स्वास्थ्यकर्मीका अनुसार बाजुरा पखालाको उच्चजोखिममा छ ।



'धारामा आउने पानीमा स्याउँस्याउँती जुका र मलमूत्रको लेदो आउँछ,' स्थानीय उपभोक्ता नीता रावलले भनिन् । सदरमुकामको पिउने पानी करिब एक घन्टा पर झाल्या र ठूलीमूल खोलाबाट ल्याएको छ । खोलाको तलतिर भने खानेपानीको ट्यांकी छ । माथि नुहाउने धुने चरिचरन क्षेत्र हो । 'धाराको टुटीमा कपडा बाँधेर पानी छान्ने गरेका छौं,' रावलले भनिन् । 



सार्वजनिक तथा घरमा जडान गरिएका धारामा आउने पानीमा लामो समयदेखि यस्तो समस्या रहेको उपभोक्ता बताउँछन् । पानी ल्याएको माथितिर गोठछाना छन् । 'खुला मुहानमाथि फोहोर भएपछि तलको पानी सफा हुने कुरै भएन,' बजार व्यवस्थापन समितिका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्, 'विकल्प नभएपछि जस्तो भए पनि पिउनैपर्ने हुन्छ ।'



पानीको शुद्धीकरणलगायत आवश्यक व्यवस्थापन गर्ने जिम्मा समितिको हो । यसका पदाधिकारीले पनि आफूहरूले पानी फोहोर हुन नदिन प्रयास गर्ने गरेको बताए । समिति सचिव रुद्र थापा पानीमा समस्या भएको स्विकार्दै भन्छन्, 'स्थानीय बासिन्दाले खोलामा गाईबस्तु लाने हुनाले समस्या बढेको हो ।'


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login