मनिषाले नेपाली फिल्म बनाउँदै


सम्राट दाहालसँग बिबाह गरेपछि नेपालमै रहँदै आएकी नायिका मनिषा कोइरालाले नेपाली फिल्म निर्माण गर्ने भएकी छन् ।
पति दाहालसँगको सम्बन्धमा चिसोपना आएपछि हालै मुम्बई पुगेकी मनिषाले आफुले निकट भबिष्यमै नेपाली फिल्म निर्माण गर्न लागेको पुराना साथीहरुलाई सुनाएकी छन् । भारतबाट प्रकाशित एक दैनिक पत्रिकाले मनिषाले ‘माइ ग्रान्डमदर’ नामको सिनेमा बनाउन लागेको बताएको छ ।

आफ्नी हजुरआमाको जीवन कथामा आधारित सो चलचित्र कहिलेबाट निर्माण हुने भन्ने बिषयमा भने केही खुलाइएको छैन् । नेपाली चलचित्र क्षेत्रलाई उकास्ने उदेश्यले आफुले एक स्तरीय चलचित्र बनाउन लागेको मनिषाले बताएकी छन् । बिहेअघि दुर्गा पोखरेलको निर्माणमा बनेको चलचित्र ‘धर्मा’मा अभिनय गरेपनि सो चलचित्रले न चर्चा कमायो न त पैसा । नेपाली चलचित्रको हालको कथा, प्रबिधि र प्रस्तुतीबाट असन्तुष्ट रहेकी मनिषाले आफैंले चलचित्र निर्माण गरि स्तरीय बनाउन प्रोत्साहन गर्ने उदेश्य राखेकी छन् ।
तर, बिहे भएको एक बर्ष नपुग्दै बैबाहिक जीवनमा आएको खटपटले उनी निराश बनेकी छन् । आफुले सम्राटलाई बिहे अघि चिन्न नसकेको उनले आफ्ना निकट साथीहरुसँग गुनासो गरेकी छन् । यता सम्राटले पनि उनका केही पुरुषसाथीसँगको अन्तरङ्ग सम्बन्धले बैबाहिक जीवनमा समस्या ल्याएको बताउँदै आएका छन् । मनिषाले फेसबुकमै रिलेसन ब्रेक हुने मोडमा रहेको आशयका स्टाटस पोष्ट गरेकी छन् ।
तर, सम्राट भने पुराना कुरा बिर्सिएर श्रीमतिलाई घर फर्काउन चाहिरहेको बताइएको छ । उनीहरुको बैबाहिक जीवनमा आएको खटपटले पनि स्तरीय नेपाली चलचित्र बनाउने योजना अलपत्र परेको बताइएको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login