कार्यकर्ता छुटाउन माओवादीद्वारा प्रहरी कार्यालय घेराउ


काठमाडौ, जेष्ठ २ - ज्यान मार्ने अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन माओवादी नेता, कार्यकर्ताले प्रहरी कार्यालय घेराउ गरेका छन् । हनुमानढोकास्थित काठमाडौं परिसरमा राखिएका कल्पदीप राईलाई छुटाउन प्रचण्ड पक्षका कार्यकर्ताले आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म परिसर घेरेका हुन् ।
२ सयभन्दा बढीको संख्यामा उपस्थित भएका उनीहरूले आफ्ना निर्दोष कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाएका छन् । घेराउ गर्न राजधानीका विभिन्न होटल तथा कारखानामा काम गर्ने मजदुर आएका थिए । होटल अन्नपूर्णस्थित अन्ना क्यासिनोमा काम गर्ने उनीसहितको समूहले चार दिनअघि त्यही क्यासिनोका बाबुराम पक्षधर ट्रेड युनियन संघको इकाइका कोषाध्यक्ष ज्ञानमान डंगोललाई अंगभंग हुने गरी कुटपिट गरेका थिए । उनलाई पार्टीले कारबाही गरिसकेको छ ।
कुटपिटबाट गम्भीर घाइते डंगोलको मोडल अस्पतालमा उपचार भइरहेको छ । पिटाइबाट उनी दुवै कान सुन्न नसक्ने भएका छन् भने घाँटीको हड्डी भाँच्चिएको छ । डंगोलकी श्रीमतीको लिखित जाहेरीका आधारमा प्रहरीले कल्पदीपलाई ललितपुरबाट शनिबार पक्राउ गरेको थियो ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login